Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि श्रीकृष्ण माविले उचाल्यो


चाँगुनारायण नगरव्यापी प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयले उचालेको छ । चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रतियोगतामा नौ स्वर्ण, सात रजत र तीन कास्य गरी कुल १९ पदक प्राप्त गर्दै प्रथम हुन सफल श्रीकृष्ण माविले राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो ।

प्रतियोगितामा सात स्वर्ण, चार रजत र छ कास्य पदकसहित कुल १७ वटा पदक प्राप्त गर्दै पारिजात विद्याकुञ्ज दोस्रो र सात स्वर्ण, चार रजत र पाँच कास्य पदकसहित १६ पदक प्राप्त गर्दै चाँगुनारायण माध्यमिक विद्यालय तृृतीय भएको थियो । प्रतियोगितामा महेन्द्रगाम माविले चार स्वर्ण, चार रजत र तीन कास्य पदकसहित चौथो र प्रज्ञा इङ्लिस स्कुलले पाँचौँ भएको थियो । तेक्वान्दो, उसु, एथलेटिक्स, कराते, भलिबल र कबड्डी खेल समावेश भएको प्रतियोगितामा नगरपालिकाभित्रबाट ३१ विद्यालयका दुई सय ८९ छात्र र एक सय ८९ छात्राको सहभागिता रहेकामा २२ वटा विद्यालयले पदक हात पारेका थिए । नगरपालिकाले बिहीबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले विद्यार्थीलाई रनिङ शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गर्नुभयो । उहाँले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न नगरपालिकाले विद्यालयलाई खेलकुदमैत्री बनाउने र खेलको विकास गर्दै नगरपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नगरपालिका लागिपरेको बताउनुभयो ।

खेलकुदले युवा विद्यार्थीलाई अनुशासित, जिम्मेवार र राष्ट्रवादी बनाउने बताउँदै उहाँले आगामी दिनमा खेलकुद प्रतियोगितालाई थप विस्तार गर्दै लैजाने र विभिन्न खेललाई नगरस्तरीय, अन्तरपालिकास्तरीय र राष्ट्रियस्तरका प्रतियोगिता गर्दै जाने योजना रहेको बताउनुभयो । नगरपालिकाले आयोजना गरेको विभिन्न खेलहरूमा विद्यालयले प्राप्त गरेको पदकका आधारमा प्रथम, दोस्रो र तेस्रो छनोट गरिएको नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख वीरबहादुर खड्काले जानकारी दिनुभयो ।


प्रकाशित मिति: २० माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?