Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि श्रीकृष्ण माविले उचाल्यो


चाँगुनारायण नगरव्यापी प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयले उचालेको छ । चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रतियोगतामा नौ स्वर्ण, सात रजत र तीन कास्य गरी कुल १९ पदक प्राप्त गर्दै प्रथम हुन सफल श्रीकृष्ण माविले राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो ।

प्रतियोगितामा सात स्वर्ण, चार रजत र छ कास्य पदकसहित कुल १७ वटा पदक प्राप्त गर्दै पारिजात विद्याकुञ्ज दोस्रो र सात स्वर्ण, चार रजत र पाँच कास्य पदकसहित १६ पदक प्राप्त गर्दै चाँगुनारायण माध्यमिक विद्यालय तृृतीय भएको थियो । प्रतियोगितामा महेन्द्रगाम माविले चार स्वर्ण, चार रजत र तीन कास्य पदकसहित चौथो र प्रज्ञा इङ्लिस स्कुलले पाँचौँ भएको थियो । तेक्वान्दो, उसु, एथलेटिक्स, कराते, भलिबल र कबड्डी खेल समावेश भएको प्रतियोगितामा नगरपालिकाभित्रबाट ३१ विद्यालयका दुई सय ८९ छात्र र एक सय ८९ छात्राको सहभागिता रहेकामा २२ वटा विद्यालयले पदक हात पारेका थिए । नगरपालिकाले बिहीबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले विद्यार्थीलाई रनिङ शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गर्नुभयो । उहाँले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न नगरपालिकाले विद्यालयलाई खेलकुदमैत्री बनाउने र खेलको विकास गर्दै नगरपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नगरपालिका लागिपरेको बताउनुभयो ।

खेलकुदले युवा विद्यार्थीलाई अनुशासित, जिम्मेवार र राष्ट्रवादी बनाउने बताउँदै उहाँले आगामी दिनमा खेलकुद प्रतियोगितालाई थप विस्तार गर्दै लैजाने र विभिन्न खेललाई नगरस्तरीय, अन्तरपालिकास्तरीय र राष्ट्रियस्तरका प्रतियोगिता गर्दै जाने योजना रहेको बताउनुभयो । नगरपालिकाले आयोजना गरेको विभिन्न खेलहरूमा विद्यालयले प्राप्त गरेको पदकका आधारमा प्रथम, दोस्रो र तेस्रो छनोट गरिएको नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख वीरबहादुर खड्काले जानकारी दिनुभयो ।


प्रकाशित मिति: २० माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?