Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ


बङ्गलादेशमा आयोजना हुने साफ यु–२० (२० वर्षमुनि) महिला च्याम्पियनसिप फुटबलमा सहभागी हुन जाने नेपाली टोलीको आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फाका पदाधिकारीले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । साफ च्याम्पियनसिप बङ्गलादेशको राजधानी ढाकामा यही माघ २० देखि २६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भारत र भुटान सहभागी छन् । नेपालले आफ्नो पहिलो खेल बङ्गलादेशसँग माघ २० गते, दोस्रो खेल माघ २२ गते भुटानसँग र तेस्रो खेल माघ २४ गते भारतसँग खेल्नेछ । सिङ्गल राउण्ड रोविन लिगका आधारमा हुने उक्त च्याम्पियनसिपका शीर्ष दुई टोली फाइनल खेल्नेछन् फाइनल खेल माघ २६ गते हुनेछ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा यामबहादुर गुरुङ तथा नेपाली टोलीको कप्तान प्रिति राई हुनुहुन्छ ।

नेपाली टोलीको गोलकिपरमा कविता विक, सावित्री किसन र लिला जोशी, डिफेण्डरमा सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यसमलाई मगर, प्रतीक्षा चौधरी र कुमारी तामाङ, मिडफिल्डरमा तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिति राई, अञ्जली मचामसी, सरस्वती हमाल र दीपा शाही तथा फरवार्डमा गरिमा राई, अमिसा कार्की, ममता पुन र अञ्जली चन्द छन् ।


प्रकाशित मिति: १७ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?