Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ


बङ्गलादेशमा आयोजना हुने साफ यु–२० (२० वर्षमुनि) महिला च्याम्पियनसिप फुटबलमा सहभागी हुन जाने नेपाली टोलीको आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फाका पदाधिकारीले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । साफ च्याम्पियनसिप बङ्गलादेशको राजधानी ढाकामा यही माघ २० देखि २६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भारत र भुटान सहभागी छन् । नेपालले आफ्नो पहिलो खेल बङ्गलादेशसँग माघ २० गते, दोस्रो खेल माघ २२ गते भुटानसँग र तेस्रो खेल माघ २४ गते भारतसँग खेल्नेछ । सिङ्गल राउण्ड रोविन लिगका आधारमा हुने उक्त च्याम्पियनसिपका शीर्ष दुई टोली फाइनल खेल्नेछन् फाइनल खेल माघ २६ गते हुनेछ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा यामबहादुर गुरुङ तथा नेपाली टोलीको कप्तान प्रिति राई हुनुहुन्छ ।

नेपाली टोलीको गोलकिपरमा कविता विक, सावित्री किसन र लिला जोशी, डिफेण्डरमा सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यसमलाई मगर, प्रतीक्षा चौधरी र कुमारी तामाङ, मिडफिल्डरमा तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिति राई, अञ्जली मचामसी, सरस्वती हमाल र दीपा शाही तथा फरवार्डमा गरिमा राई, अमिसा कार्की, ममता पुन र अञ्जली चन्द छन् ।


प्रकाशित मिति: १७ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?