Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

गोरखा जिप दुर्घटना : प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त


८ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको सहिदलखन गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालल दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् । उनले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटना  हुँदा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?