Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

चेपाङ परिवारलाई नगरपालिकाद्वारा बाख्रा वितरण


८ असार, चितवन । चितवनको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ परिवारलाई बाख्रा वितरण गरेको छ । पहाडी क्षेत्रका वडामा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत ५० चेपाङ परिवारलाई एक सय ५० वटा बाख्रा वितरण गरिएको हो ।

प्रतिपरिवार तीन वटाका दरले बाख्रा वितरण गरिएको कालिका नगरपालिका पशु शाखा प्रमुख ईश्वरी पौडेलले जानकारी दिए । कालिका–९ र ११ का २५÷२५ परिवारलाई बाख्रा वितरण गरिएको हो । चेपाङको पोषण अवस्था सन्तोषजनक नभएकाले गर्भवती र दुई वर्षमुनिका बालबालिकालाई लक्षित गरेर बाख्रा वितरण गरिएको उहाँको भनाइ छ । वडा नं ९ मा नगरपालिकाको सहयोगमा स्थानीय शक्तिखोर महिला साना किसान कृषि सहकारी संस्थामार्फत बाख्रा वितरण गरिएको थियो ।

सहकारीमा आबद्ध कुपोषणको जोखिममा रहेका २५ चेपाङ परिवारलाई बाख्रा वितरण गरिएको सहकारीकी अध्यक्ष खडककुमारी खत्रीले जानकारी दिए । नगर क्षेत्रका महिलालाई उद्यमी बनाउने उद्देश्यले उक्त कार्यक्रमलाई जोड दिइएको उहाँको भनाइ छ । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि मासुमा समेत अनुदान दिने नीति लिएको छ ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?