Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

चेपाङ परिवारलाई नगरपालिकाद्वारा बाख्रा वितरण


८ असार, चितवन । चितवनको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ परिवारलाई बाख्रा वितरण गरेको छ । पहाडी क्षेत्रका वडामा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत ५० चेपाङ परिवारलाई एक सय ५० वटा बाख्रा वितरण गरिएको हो ।

प्रतिपरिवार तीन वटाका दरले बाख्रा वितरण गरिएको कालिका नगरपालिका पशु शाखा प्रमुख ईश्वरी पौडेलले जानकारी दिए । कालिका–९ र ११ का २५÷२५ परिवारलाई बाख्रा वितरण गरिएको हो । चेपाङको पोषण अवस्था सन्तोषजनक नभएकाले गर्भवती र दुई वर्षमुनिका बालबालिकालाई लक्षित गरेर बाख्रा वितरण गरिएको उहाँको भनाइ छ । वडा नं ९ मा नगरपालिकाको सहयोगमा स्थानीय शक्तिखोर महिला साना किसान कृषि सहकारी संस्थामार्फत बाख्रा वितरण गरिएको थियो ।

सहकारीमा आबद्ध कुपोषणको जोखिममा रहेका २५ चेपाङ परिवारलाई बाख्रा वितरण गरिएको सहकारीकी अध्यक्ष खडककुमारी खत्रीले जानकारी दिए । नगर क्षेत्रका महिलालाई उद्यमी बनाउने उद्देश्यले उक्त कार्यक्रमलाई जोड दिइएको उहाँको भनाइ छ । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि मासुमा समेत अनुदान दिने नीति लिएको छ ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?