Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

वेस्ट इण्डिजसँग नेपालको फराकिलो हार


७ असार, काठमाडाैँ । आईसीसी क्रिकेट विश्वकप छनोट अन्तर्गत वेस्ट इण्डिजसँग नेपालले फराकिलो हार व्यहोरेको छ ।

जिम्बावेको हरारे मैदानमा भएको खेलमा ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा सबै विकेट गुमाएर २३८ रनमात्र सफल भयो ।

नेपालका लागि सबैभन्दा धेरै रन आरिफ शेखले बनाए । उनले ९३ बलको सामना गर्दै ६३ रन बनाएका थिए । त्यस्तै, गुल्सन झाले ४२ र रोहित पाैडेलले ४२ बलमा ३० रनको योगदान गरे ।

वेस्ट इन्डिजका लागि कप्तान साई होप र निकोलस पुरनले सतकीय इनिङ्स खेले । होपले सर्वाधिक एक सय ३२ रन बनाए । उनले एक सय २९ बलमा १० चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै पुरनले एक सय १५ रन जोडे ।

यससँगै नेपालले विश्वकप छनाेट अन्तर्गत खेलेका तीन मध्ये एक खेलमा मात्रै जित हात पारेको छ । पहिलो खेलमा जिम्बावेसँग पराजित भएको नेपालले अमेरिकालाई भने हराएको थियो ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?