Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

वेस्ट इण्डिजसँग नेपालको फराकिलो हार


७ असार, काठमाडाैँ । आईसीसी क्रिकेट विश्वकप छनोट अन्तर्गत वेस्ट इण्डिजसँग नेपालले फराकिलो हार व्यहोरेको छ ।

जिम्बावेको हरारे मैदानमा भएको खेलमा ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा सबै विकेट गुमाएर २३८ रनमात्र सफल भयो ।

नेपालका लागि सबैभन्दा धेरै रन आरिफ शेखले बनाए । उनले ९३ बलको सामना गर्दै ६३ रन बनाएका थिए । त्यस्तै, गुल्सन झाले ४२ र रोहित पाैडेलले ४२ बलमा ३० रनको योगदान गरे ।

वेस्ट इन्डिजका लागि कप्तान साई होप र निकोलस पुरनले सतकीय इनिङ्स खेले । होपले सर्वाधिक एक सय ३२ रन बनाए । उनले एक सय २९ बलमा १० चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै पुरनले एक सय १५ रन जोडे ।

यससँगै नेपालले विश्वकप छनाेट अन्तर्गत खेलेका तीन मध्ये एक खेलमा मात्रै जित हात पारेको छ । पहिलो खेलमा जिम्बावेसँग पराजित भएको नेपालले अमेरिकालाई भने हराएको थियो ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?