Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सङ्घको माग


७ असार, काठमाडाैँ । चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले भारतीय चलचित्रको प्रदर्शन रोक्ने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको छ । बुधबार सङ्घकोतर्फबाट रिट दर्ता भएको पाटन उच्च अदालतका प्रवक्ता मन्दिरा शाहीले जानकारी दिए ।

उनले भने, “रिट दायर भएको छ, उहाँहरूले सम्पूर्ण हिन्दी चलचित्रको प्रदर्शन रोक्ने निर्णयलाई खारेज गर्ने माग गर्नुभएको छ, आउँदो बिहीबार यसको सुनुवाइ हुनेछ ।”

महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’ मा ‘सीता भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद नहटाएको भन्दै गत सोमबारदेखि १७ चलचित्र भवनमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएको थियो ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?