Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

लाओसमा बन्धक बनाएर जबजस्ती ‘क्रिप्टो’ कारोबारमा संलग्न गराउने पक्राउ


७ असार, काठमाडाैँ । चिनियाँ नागरिकसँगको मिलेमतोमा नेपालको एउटा समूहले नेपालीलाई लाओस्मा पर्याइ बन्धक बनाएर जबरर्जस्ती अनलाइन स्क्यामिङमार्फत क्रिप्टोकरेन्सी तथा शेयर कारोबारमा संलग्न गराएको पाइएको छ ।

उनीहरले दुईजना नेपालीलाई गत मङ्सिरमा काठमाडौँबाट कोलकात्ता, थाइल्याण्ड हुँदै लाओस्को बोया प्रोभिन्सस्थित गोल्डेन ट्रियाङगलमा रहेको स्पेशल इकोनमिक जोनमा पुर्याइ बन्धक बनाएर अनलाइन लभ स्क्यामिङ ट्रयापमा पारी जबरर्जस्ती क्रिप्टो कारोबारमा संलग्न गराएको पाइएको प्रहरीको मानवबेचबिखन अनुस्न्धान ब्यूरोले जानकारी दिएको छ ।

ब्यूरोका अनुसार पीडत दुई व्यक्ति लाओसमा रहेको नेपाली कन्सुलर कार्यालयको सहयोगमा पाँच महिनापछि अघि गत वैशाखमा छुटेर आएपछि दिएको जाहेरीका आधारमा दुई जना भने पक्राउ गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए ।

उक्त घटनामा संलग्न रहेको आरोपमा ब्यूरोले कालिकोट घर भई हाल काठमाडौँको नागर्जुन बस्ने वर्ष २५ का पदम नेपाली र नुवाकोट घर भई गोकर्णेश्वर बस्ने ३८ वर्षका श्यामकुमार तामाङलाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोले जानकारी दिएको छ ।

पदम नेपाली भने लाओस, कम्बोडिया, म्यानारलगायतका देशमा चाइनिज भाषाको ट्रान्सलेटरको रुपमा काम गर्दै आएका र सोही क्रममा चाइनिजसँग मिलेर उक्त अवैध कारोबारमा संलग्न रहेको पाइएको छ । उनले युवाहरुलाई आकर्षक रोजगारी पाइने लोभ देखाएर लाओस पुर्याएको खुल्न आएको छ । त्यहाँ पुर्याएपछि त्यो गिरोहले फेसकुब, ह्वाट्सएपमा फेक आइडी बनाएर अपरिचित व्यक्तिहरुसँग चिनजान गरी मन जितेर उनीहरुलाई फसाउन परिचालन गर्ने गरेका पाइएको छ । नेपाल, थाइल्याण्ड, भियतनाम, म्यानमार, लाओस दुबईजस्ता देशमा चिनियाँ कम्पनीले नेपाललगायतका देशबाट आकर्षक रोजगारीको लोभ देखाइ बेरोजगार युवाहरुलाई प्रयोग गरेर अनलाइन स्क्यामिङमार्फत विशेष गरी अमेरिका युरोपका नागरिकलाई लक्षित गरी ठगी गर्ने गरेका थिए ।

पीडितलाई उनीहरुले नेपालबाट लाओस् पर्याउनका लागि लागेको रु आठ लाख फिर्ता गरेपछि मात्र नेपाल फर्काउने भनेर मानसिक यातना दिएको पाइएको र यसमा चिनियाँ र नेपालीको संलगनता रहेको ब्यूरोले जनाएको छ ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?