Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

लाओसमा बन्धक बनाएर जबजस्ती ‘क्रिप्टो’ कारोबारमा संलग्न गराउने पक्राउ


७ असार, काठमाडाैँ । चिनियाँ नागरिकसँगको मिलेमतोमा नेपालको एउटा समूहले नेपालीलाई लाओस्मा पर्याइ बन्धक बनाएर जबरर्जस्ती अनलाइन स्क्यामिङमार्फत क्रिप्टोकरेन्सी तथा शेयर कारोबारमा संलग्न गराएको पाइएको छ ।

उनीहरले दुईजना नेपालीलाई गत मङ्सिरमा काठमाडौँबाट कोलकात्ता, थाइल्याण्ड हुँदै लाओस्को बोया प्रोभिन्सस्थित गोल्डेन ट्रियाङगलमा रहेको स्पेशल इकोनमिक जोनमा पुर्याइ बन्धक बनाएर अनलाइन लभ स्क्यामिङ ट्रयापमा पारी जबरर्जस्ती क्रिप्टो कारोबारमा संलग्न गराएको पाइएको प्रहरीको मानवबेचबिखन अनुस्न्धान ब्यूरोले जानकारी दिएको छ ।

ब्यूरोका अनुसार पीडत दुई व्यक्ति लाओसमा रहेको नेपाली कन्सुलर कार्यालयको सहयोगमा पाँच महिनापछि अघि गत वैशाखमा छुटेर आएपछि दिएको जाहेरीका आधारमा दुई जना भने पक्राउ गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए ।

उक्त घटनामा संलग्न रहेको आरोपमा ब्यूरोले कालिकोट घर भई हाल काठमाडौँको नागर्जुन बस्ने वर्ष २५ का पदम नेपाली र नुवाकोट घर भई गोकर्णेश्वर बस्ने ३८ वर्षका श्यामकुमार तामाङलाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोले जानकारी दिएको छ ।

पदम नेपाली भने लाओस, कम्बोडिया, म्यानारलगायतका देशमा चाइनिज भाषाको ट्रान्सलेटरको रुपमा काम गर्दै आएका र सोही क्रममा चाइनिजसँग मिलेर उक्त अवैध कारोबारमा संलग्न रहेको पाइएको छ । उनले युवाहरुलाई आकर्षक रोजगारी पाइने लोभ देखाएर लाओस पुर्याएको खुल्न आएको छ । त्यहाँ पुर्याएपछि त्यो गिरोहले फेसकुब, ह्वाट्सएपमा फेक आइडी बनाएर अपरिचित व्यक्तिहरुसँग चिनजान गरी मन जितेर उनीहरुलाई फसाउन परिचालन गर्ने गरेका पाइएको छ । नेपाल, थाइल्याण्ड, भियतनाम, म्यानमार, लाओस दुबईजस्ता देशमा चिनियाँ कम्पनीले नेपाललगायतका देशबाट आकर्षक रोजगारीको लोभ देखाइ बेरोजगार युवाहरुलाई प्रयोग गरेर अनलाइन स्क्यामिङमार्फत विशेष गरी अमेरिका युरोपका नागरिकलाई लक्षित गरी ठगी गर्ने गरेका थिए ।

पीडितलाई उनीहरुले नेपालबाट लाओस् पर्याउनका लागि लागेको रु आठ लाख फिर्ता गरेपछि मात्र नेपाल फर्काउने भनेर मानसिक यातना दिएको पाइएको र यसमा चिनियाँ र नेपालीको संलगनता रहेको ब्यूरोले जनाएको छ ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?