Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले जित्यो टस


७ असार, काठमाडाैँ । आइसिसी एक दिवसीय विश्वकप छनोटको आफनो तेस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

यससँगै अब वेस्ट इन्डिजसले पहिला ब्याटिङ गर्नेछ । आज उत्कृष्ट मनोबलका साथ नेपालले वेस्ट इन्डिजविरुद्ध खेल्नेछ । नेपालले आफनो क्रिकेट इतिहासको पहिलो पटक विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दैछ । कुनै पनि खेलमा नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो ।

समूहको शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्नका लागि पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । समूह ‘ए’ को पहिलो खेलमा घरेलु टोली जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकामाथि छ विकेटको जित हात पारेको थियो ।

यता वेस्ट इन्डिजले भने पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । वेस्ट इन्डिजले समूहको आज दोस्रो खेल खेल्दैछ । एकदिवसीय वरियतामा वेस्ट इन्डिज १०औँ स्थानमा छ भने नेपाल १४औँ स्थानमा छ । यसैगरी समूह ‘ए’ को जिम्बावे चार अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै वेस्ट इन्डिज अङ्क तालिकाको दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । वेस्ट इन्डिज र नेपालले समान दुई अङ्क जोड्ेका छन् । त्यस्तै अमेरिका चौथो स्थानमा छ भने नेदरल्यान्ड्स पाँचाँै स्थानमा छ ।

उक्त प्रतियोगिताको समूह ‘बी’मा संयुक्त अरब इरिमेट्स (युएई), श्रीलङ्का, ओमान, आयरल्यान्ड र स्कटल्यान्ड रहेका छन् ।  सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउने छन् । सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसी विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

नेपालको प्लेइङ ११ मा आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दिप लामिछाने र ललित नारायण राजवंशी छन् ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?