Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले जित्यो टस


७ असार, काठमाडाैँ । आइसिसी एक दिवसीय विश्वकप छनोटको आफनो तेस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

यससँगै अब वेस्ट इन्डिजसले पहिला ब्याटिङ गर्नेछ । आज उत्कृष्ट मनोबलका साथ नेपालले वेस्ट इन्डिजविरुद्ध खेल्नेछ । नेपालले आफनो क्रिकेट इतिहासको पहिलो पटक विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्दैछ । कुनै पनि खेलमा नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो ।

समूहको शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्नका लागि पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । समूह ‘ए’ को पहिलो खेलमा घरेलु टोली जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकामाथि छ विकेटको जित हात पारेको थियो ।

यता वेस्ट इन्डिजले भने पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । वेस्ट इन्डिजले समूहको आज दोस्रो खेल खेल्दैछ । एकदिवसीय वरियतामा वेस्ट इन्डिज १०औँ स्थानमा छ भने नेपाल १४औँ स्थानमा छ । यसैगरी समूह ‘ए’ को जिम्बावे चार अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै वेस्ट इन्डिज अङ्क तालिकाको दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । वेस्ट इन्डिज र नेपालले समान दुई अङ्क जोड्ेका छन् । त्यस्तै अमेरिका चौथो स्थानमा छ भने नेदरल्यान्ड्स पाँचाँै स्थानमा छ ।

उक्त प्रतियोगिताको समूह ‘बी’मा संयुक्त अरब इरिमेट्स (युएई), श्रीलङ्का, ओमान, आयरल्यान्ड र स्कटल्यान्ड रहेका छन् ।  सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउने छन् । सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसी विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

नेपालको प्लेइङ ११ मा आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दिप लामिछाने र ललित नारायण राजवंशी छन् ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?