Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

टि–२० महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित


१६ जेठ, काठमाडाैँ । मलेसियामा जारी टि–२०  अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई सात विकेटले हराएको हो ।

मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको खेलमा विजयी भएसँगै नेपाल र मलेसियाबीचको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । जितका लागि ९७ रनको लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कप्तान रुविना क्षेत्री बेलबासेले सर्वाधिक २९ रन बनाइन । उनले २१ बलमा तीन चौका र एक छक्का प्रहार गरिन् ।

त्यसैगरी कविता कुँवरले ४३ बलमा दुई चौकासहित २६,  सीता रानामगरले २२ बलमा दुई चौका र एक छक्कासहित २३ र विन्दु रावलले १८ बलमा दुई चौकासहित १७ रन बनाइन् ।

बलिङतर्फ मलेसियाका लागि ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९६ रन बनाएको थियो । मलेसियाका लागि मास एलिसाले सर्वाधिक २८ रनको योगदान दिइन् । उनले ३४ बलमा दुई चौका प्रहार गरिन् । यस्तै विनीफ्रेदले २०, वान जुलियाले २० तथा ऐना हामिजाह हाशिमले १४ रन बनाइन् ।
बलिङतर्फ नेपालका लागि रुविना क्षेत्री बेलबासेले दुई तथा इन्दु बर्मा र कविता कुँवरले समान एक एक विकेट लिइन् ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?