Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

बाँदर आतङ्कले गाउँ रित्तिदैँ


४ जेठ, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाका किसान बाँदर आतङ्कका कारण समस्यामा परेका छन् । खेतबारीमा लगाएको तरकारी, मकै र फलफूललाई बाँदरका हुल पसेर खाइदिने, भाँचिदिने गर्न थालेपछि लाखौँको क्षति भएको किसानको गुनासो छ ।

गल्याङ नगरपालिका–३, गल्याङ बजार निवासी अर्जुन श्रेष्ठले छर्तिमा जग्गा भाडामा लिएर काँक्रा लगाएको थियो । बिक्री हुने समय भएका करिब दुई क्विन्टल काँक्रा बाँदरको हुल पसेर खाएइदिएपछि उनी चिन्तामा परेका छन्। “खानाखान घरमा गएको थिएँ, खेतमा बाँदरको हुल पसेछ काँक्र सबै जुठो हालिदिने र खाइदिने गरेछ ।” उनले भने, “जग्गा भाडामा लिएर खेती गरेको थिएँ, भाडा पनि नउठ्ने भयो ।” ‘एकजना अनिवार्य बाँदर कुर्न बस्नुपर्छ ।” उनले भने, “किसानहरु पालैपाले कुर्न बस्ने गर्छौँ, नगरपालिकाले सहयोग गरे त राम्रै हुनेथियो ।”

यस्तै छर्तिमा बेमौसमी मकैखेती तथा सयपत्री फूलखेती गरेका चन्द्रबहादुर राना ‘चित्र’ को समस्या श्रेष्ठको भन्दा कम छैन । खानेबेला भएको मकैबारीमा बाँदरको हुल कहिले बल्लो र कहिले पल्लोटोडाँबाट पसेर दुःख दिएको उनको दुखेसो छ । “एक जना व्यक्तिले बाँदर धपाउन सकिने स्थिति छैन, दुई तीनजना नै हेरालो बस्नुपर्छ । ” उनले भने, “दिनभरका टन्टलापुरे घाम नभनी बाली जोगाउन बस्नैपर्छ नभए स्याहार्न पाइदैन ।” उनले छेउछाउ, टोँडाटाँठडीको करिब एकसय बोट मकै बादरले सखाप परेको गुनासो गरे ।

यस्तै गल्याङ –७, कल्लेरीका अर्का किसान तिलकुमारी रानाले बारीमा बाँदर पसेर सोत्र्यान पारेको गुनासो गरे । उनले चार रोपनी बारीमा लगाएको मकैको बोटमा बाँदरले क्षति पुर्याएको बताए । “प्रमुख अन्नबाली मकै दिनहुँ बाँदरले बारीमै आएर भाँच्ने र खाने गर्दा बारी नै रित्तो भइसक्यो ।” उनले भने, “खेती गर्ने जाँगर हराइसक्यो, खेती गरेर बाँदरलाई हुन्छ भने अर्को वर्ष मकै छरिँदैन होला, बरु खेतबारी बाँझै रहोस् ।”
बाँदर कहिले खेतमा पसेर त कहिले घरभित्रै पसेर खाद्यान्न खाइदिएपछि स्थानीयवासी झन् चिन्तित भएका छन् । गल्याङ –११, भाटीका ओम थापाले घरभित्रै बाँदर आएर मकैका झोत्ता लगिदिने गरेको बताए । “वर्षभरी दुःखकासाथ बाँदरबाटै जोगाएका अन्नपात घरमै आएर बाँदरले लगिदिँदा मन अमिलो हुन्छ ।” उनले भने, “दिउँसोमा केटाकेटी स्कुल जान्छन्, हामी बुढाबुढी मेलापात जान्छौँ, बाँदर झ्यालबाट र धुरीबाट छिरेर अन्नपात लैजान्छ ।”

त्यस्तै भाटीकै सोम पल्ली र सावित्री भण्डारीको पनि थापाको भन्दा पीडा फरक छैन । पल्लीले घरमा लगाएको उखु, फलफुल, तरकारी लगायतका बालीमा बाँदरले क्षति पु¥याउर्ने गरेको सुनाए । उनले भने, “आँगनमा सुकाएको, मकै, गहुँ, कोदोको बिस्कुनसमेत आँखा छलेर छिरलिदिन्छ । पल्लीले गुुनासो पोखे, ‘के गर्ने कसो गर्ने, हैरानीमा परेका छौँ, नगरपालिकाले बाँदर नियन्त्रण गर्न गरेको प्रयास सफल भएन ।”
यसैगरी सावित्री भण्डारीले कौसीबाट धेरै पटक बाँदर छिरेर मकै लगिदिएको बताए । “घरमा साना केटाकेटी हुँदा टेर्दैन, उनीहरुलाई तर्साएर मकै चोरेर लैजान्छ ।” उनले भने,“कहिलेकाहीँ घरभित्र हुँदाहुँदै पनि बाँदरले सताउँछ ।”

भाटीकै पार्वती पल्ली मगरले मकै छर्ने वित्तिकै माटो खोर्सेर मकैका गेडा बाँदरले खाइदिएकाले मकै छिमलो (पातलो) उम्रिएको बताइन् । उनले भने, “केहीवर्ष पहिले वडाले भारतबाट बाँदर छोप्ने मान्छे ल्याएको थियो, केही बाँदर त छोपेर चितवन राष्ट्रिय निकुञ्जतिर लगे तर अन्तका बाँदर यहाँ आएर दुःख दिए ।”

गल्याङ–३, का वडाध्यक्ष कृष्ण भट्टराईले बाँदर आतङ्क समस्या बढ्दै गएको बताए । उनले भने, “गल्याङमा उर्वरभूमि भएर पनि बाँदरका कारण किसानले खेती लगाउन छाडेका छन् । बाँदर आतङ्क बसाइँसराइको प्रमुख कारण बन्दै गइरहेको छ ।” उनले मारेर र स्थायी बन्ध्याकरण गरेर बाँदर आतङ्क नियन्त्रण गर्न सकिने केही आधार भए पनि कानुन नबन्दा झन्झट रहेको बताए । उनले बाँदर आतङ्कको समाधान सामूहिक प्रयास भएकाले नगर कार्यपालिकाको बैठकमा आफूले ध्यानाकर्षण राखेको बताए ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?