Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक बस्दै


१ जेठ, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । धुम्बाराहीमा केही बेरमा सुरु हुने केन्द्रीय समिति बैठक यही जेठ ३ गतेसम्म सञ्चालन हुने बताइएको छ  ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, वैशाख १० गते सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिर्पोटिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी सङ्गठनको रणनीति र कार्यनीति सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रिय सदस्यले आफ्नो धारणा राख्ने तथा सोही बैठकले पार्टीको आगामी कार्ययोजना र कार्यदिशाका बारेमा आफनो धारणा बनाउने बताइएको छ । बैठक वैशाख ३० र ३१ गते बस्ने भनिए पनि तयारी नभएको भन्दै आजका लागि सारिएको थियो ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?