३१ वैशाख, काठमाडाैँ। पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन् ।
आइतबार सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने क्रममा सञ्जारकर्मीहरूले सोधेको प्रश्नमा उक्त जवाफ फर्काएका हुन् ।
नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्ने ठगी प्रकरणमा पूर्वमन्त्री खाँणसहित १२ जना पक्राउ परिसकेका छन् ।
प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार