२८ वैशाख, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरण अनुसन्धान भएकोमा खुशी भएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार एमाले केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सारै ठुलो संख्यामा ठगी र शोषण भएकाले यो अनुसन्धान महत्वपूर्ण भएको पनि बताएका छन् ।
‘एक ढंगले भन्ने हो भने यो कसैको काबुभन्दा बाहिरको स्थिति थियो छताछुल्ल भयो । सारै ठुलो संख्यामा ठगी र शोषण भएपछि यो घटना छताछुल्ल भएको हो । त्यसकारण म यो अगाडि बढेकोमा खुशी छु । दोषी छुट्नुहुदैन । निर्दोष पर्नुहुदैन । मुख्य फिल्म बाँकी नै छ।’ उनले भनेका छन् ।
प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार