Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पानीले फेरिएको दैनिकी


२३ वैशाख ,वालिङ । बिहानै उठेर पानीका मुहान धाउनुपर्ने बाध्यता झेल्दै आएका गाउँलेको घरमै पानीको धारा आएपछि दैनिकी फेरिएको छ । लामो समय काँध र पिठ्युमा पानी बोकेर जोहो गर्दै आएका स्याङ्जाको चापाकोट–१ वीरडाँडा, मैदान, पल्लीगाउँ र रिपका गाउँलेले झेल्दै आएको समस्या हटेको छ ।

जब घर–घरमै एक घर–एक धारा अभियानअन्तर्गत खानेपानी आइपुग्यो तब यहाँका गाउँलेको दैनिकी फेरिएको छ । बिहानै उठेर कुवामा पानी भर्न जाने स्थानीय जूना सिञ्जालीजस्तै धेरै महिला दिदीबहिनी, दाजुभाइले एक गाग्री पानीका लागि लामो समय तथा परिश्रम गर्नुपर्ने बाध्यता रहेको थियो ।

“खानेपानीकै ठूलो समस्या थियो बस्तुभाउ र सिँचाइका लागि त कुरै छाडौँ”, सिञ्जालीले भनिन्, “अहिले गाउँका सबै घरमा खानेपानीको धारामार्फत निरन्तर पानी आउछ, धेरै राहत भएको छ ।”

गाउँमा खानेपानी समस्या भएपछि करिब छ वर्षअघिदेखि योजनाको काम थालिएको वीरडाँडा–मैदान खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन रानाले बताए । वीरडाँडा, मैदान, पल्ली गाउँ र रिपका गरी ६५ घरधुरीमा एक घर–एक धारा निर्माण गरी खानेपानी वितरण गरिएको अध्यक्ष रानाले बताए ।

मूलदेखि एकसय १७ मिटर ‘भर्टिकल’ उचाइमा विद्युत्मार्फत पानी तानेर पल्ली गाउँ तथा वीरडाँडामा निर्माण गरिएका ट्याङ्कीबाट घर–घरमा पानी पुर्याइएको हो । “गाउँमा भएका कुँवाबाट पानी खानुपथ्र्यो, सफा हुँदैनथ्यो, त्यही पनि फागुनदेखि जेठसम्म पानी पुग्थेन”, अध्यक्ष रानाले भने, “मान्छेलाई खानसमेत पानी कहिले पाइन्थ्यो कहिले पाइन्नथ्यो, राति धेरै नसुतेरै पानीको जोहो गर्न जानुपथ्र्यो ।”

पशु चौपायालाई खोलामा लगेर पानी खुवाउनुपर्ने बाध्यता थियो । घर–घरमै मिटर जडान गरेर २४ सैँ घन्टा पानी वितरण गरिएको छ । न्यूनतम युनिटसम्म रु एकसय प्रतिघर उठाउने र न्यूनतमभन्दा माथि पानी प्रयोग गर्नेलाई प्रतियुनिट रु दशका दरले थप गर्दै लगिने अध्यक्ष रानाले बताए ।

गण्डकी प्रदेश सरकारको रु ९१ लाख २० हजार, स्थानीय जनश्रमदान रु दश लाख १० हजार गरी कूल रु एक करोड एक लाख ३० हजारमा निर्माण सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?