Trending
>>   रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था आयोः प्रमुख सचेतक बर्तौला >>   कर्मचारीहरूप्रति ऊर्जा मन्त्री खड्काको कटाक्षः कामप्रति गम्भीर नहुने प्रवृत्तिले देश कहाँ पुग्छ ? >>   मिस्टर महानगर बडिबिल्डिङको तयारी पूरा >>   सत्तारुढ दलहरु एकअर्कालाई सिध्याउने मानसिकताले अघि बढेः महासचिव गुरुङ >>   राज्य बेपत्ता नागरिकप्रति संवेदनहीन भएको महासचिव चन्दको आरोप >>   भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन आयोग चाहिन्छः रास्वपा >>   सरकारले कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका बन्द गरिदियोः इप्पान >>   देशभित्र भविष्य खोज्ने अभियानलाई तिब्रता दिनुपर्छः अर्थमन्त्री पौडेल >>   रास्वपाका सांसदहरूले निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि काँग्रेसको नियमापत्ति, बैठक स्थगित >>   भिजिट भिसा प्रकरणमा न्यायिक आयोग गठन गर्न रास्वपाको माग
Logo
३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

सकुम्बासीका पीडा ः पहिले बस भने, अहिले हट भन्छन्


दाङ शान्तिनगर गाउँपालिका–३ भलानेटीका पूर्णबहादुर परियारलाई विसं २०६० मा गाउँको भेलाबाट वनको जग्गामा बस्न दिने सहमति गरे । परियारको नाममा कुनै जग्गा नभएपछि गाउँको भेलाले स्थानीय सिर्जना सामुदायिक वनमा बस्न दिने सहमतिपछि उहाँ त्यहाँ घर बनाएर बस्नुभयो । अहिलेसम्म पनि उहाँको नाममा जग्गा छैन । जग्गा भनेको त्यही गाउँको भेलाले दिएको वन समुदायको जग्गा हो । तर अहिले त्यही जग्गालाई खाली गर्न भनी वन समूहले ताकेता गर्दै आएको छ ।

परियारसहित सात जना सुकुम्बासी सामुदायिक वनको जग्गामा बस्दै आएका छन् भने केही गैरसुकुम्बासी पनि बस्दै आएका छन् । तर उनीहरूलाई वन समिति तथा स्थानीयवासीले पटक–पटक घरटहरा हटाउनेसम्मको धम्की दिँदै आएका छन् । “पहिले हामीलाई बस्न भनेर अनुमति दिए, अहिलेसम्म पनि मेरो नाममा जग्गा छैन,तर केही वर्षदेखि यहाँ घरबारी छाड्न भन्दै कहिले वन समूह, कहिले स्थानीयवासी आएर धम्की दिन्छन्”, परियारले भन्नुभयो।

केही दिनअघि आफूले लगाएको तोरीसमेत किचिदिएको उहाँले गुनासो गर्नुभयो । परियारसहित त्यहाँ बस्ने जितबहादुर विक, मोती नेपाली, वसन्ती परियार, चन्द्रबहादुर सुनार, भीमबहादुर दमाइ, सुन्तली विक रातो फाराम भरेका सकुम्बासी रहेको शान्तिनगर गाउँपालिकाले बताएको छ । तर डिभिजन वन कार्यालय श्रीगाउँले गएको भदौ २१ गते सूचना प्रकाशन गरी सात दिनभित्र टहरा हटाउन भनेको थियो । यदि टहरा नहटाए बल प्रयोग गरेर पनि हटाइने र कारबाही गरिने सूचनामा उल्लेख थियो । त्यसभन्दा अघि १० दिने सूचना पनि निकालिएको थियो ।

त्यसपछि पीडितले उच्च अदालत तुलसीपुरमा निवेदन दिएपछि भदौ २९ गते अल्पकालीन अन्तरिम आदेश गरी वन कार्यालयको सूचना कार्यान्वयन नगर्नू भनेको छ । राष्ट्रिय भूमि आयोगले पनि वैकल्पिक व्यवस्था नहुँदासम्म कसैलाई पनि हटाउने काम नगर्नू भनेर वन कार्यालयलाई अनुरोध गरेको छ । तर पनि अहिले विभिन्न समयमा हटाउन भन्दै धम्की आउने गरेको परियारले गुनासो गर्नुभयो ।

त्यस्तै सोही ठाउँका सुकुम्वासी चन्द्रबहादुर सुनारले पनि अहिले मुद्दा अदालतमा रहेकाले जस्तो अवस्था आउँछ, त्यसैलाई टार्ने बताउनुभयो । “जग्गा छैन, उमेर पनि बूढो भइसक्यो”, उहाँले भन्नुभयो, “कसैले हट्न भन्छन्, कसैले के भन्छन्, जस्तो परिस्थिति आउँछ, त्यस्तै गर्ने हो ।”

वन समितिका अध्यक्ष प्रताप दाहालले भने आफूहरूले उठाउन नखोजेको बताउनुभयो । “हामीले उठाउन खोजेको होइन, उहाँलाई समाजले नै पहिले बस्न दिएको हो”, उहाँले भन्नुभयो, “उहाँहरूले रातो फाराम भर्नुभएको छ, व्यवस्थापन सरकारले गर्ला ।”


प्रकाशित मिति: १३ पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?