Trending
>>   ‘टेक एण्ड पे’ प्रणालीमार्फत विद्युत खरिद सम्झौता गर्ने प्रावधानप्रति इप्पानको आपत्ति >>   गुणस्तरीय मह उत्पादन गर्नसके बजारको चिन्ता लिनुपर्दैनः मन्त्री अधिकारी >>   राजनीतिक प्रतिशोध साँधेर माधव नेपालमाथि मुद्दा लगाइयोः राजेन्द्र पाण्डे >>   जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ >>   बजेटले सुशासन, सामाजिक न्याय र समृद्धि ओझेलमा पार्ने देखियोः माओवादी सांसद शर्मा >>   बजेटबारे एमाले सांसद भट्टराईः सकारात्मक र कार्यान्वयनयोग्य छ >>   प्लास्टिक प्रदुषण नियन्त्रणका लागि अभियान चलाउन आवश्यकः काँग्रेस सांसद सापकोटा >>   सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग >>   नागरिकता विधेयकः ‘ब्रिटिश गोरखाहरुको हकमा विशेष निर्णय गर्न जरुरी’ >>   पतञ्जली जग्गा सट्टापट्टा प्रकरणः माधवकुमार नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
Logo
२२ जेष्ठ २०८२, बिहीबार
२२ जेष्ठ २०८२, बिहीबार

फ्राइडे रिलिज : एकसाथ तीन चलचित्र प्रदर्शनमा


१५ वैशाख, काठमाडाैँ । आज एकसाथ तीन चलचित्र प्रदर्शनमा आएको छ । ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’ र ‘कैदीको पत्र’ वैशाख १५ मा प्रदर्शनमा आएका हुन् ।

गत सोमबार काठमाडौँमा गरिएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको ‘प्रसाद २’ शृङ्खलाबद्ध रूपमा आएको चलचित्र हो । ‘प्रसाद’ कै कथालाई अगाडि बढाइएको लेखक सुशील पौडेलले जानकारी दिए ।

अभिनेता विपीन कार्कीले बाबुराम र अभिनेत्री केकी अधिकारीले नारायणीको भूमिका निर्वाह गर्नुभएको छ । सहरमा घटेका घटनाक्रमलाई साथ रहेर सामना गरेका बाबुराम दम्पती गाउँ फर्किने तयारी गर्छन् । देशमा आएको परिवर्तन गाउँसम्म पुगेको आशमा सुखी जीवन बिताउने सपना बोकेर उनीहरू आफ्नै थलोमा फर्किन्छन् । उनीहरू बस्ने गाउँलाई सुन्दरबस्ती भनिए पनि त्यहाँ विभेद कायम नै छ । मूल कथा प्रेम बनाइए पनि परिवर्तनलाई संस्थागत गर्न राजनीतिको सहायता लिइएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, विशाल पहाडी, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गरेका छन् ।

नेपालमा शृङ्खलाको रुपमा चलचित्र निर्माणको सुरुआत गर्ने ‘नाई नभन्नु ल’ को छैटौँ शृङ्खला प्रदर्शनमा आएको छ । विगतमा निर्माण भएका पाँच शृङ्खलाले दर्शकको मन जितेपछि निर्देशक विकासराज आचार्यले पटकथाकार सामीप्यराज तिमल्सेनासँगको सहकार्यमा यसलाई तयार गरेका हुन् ।

चलचित्रमा आँचल शर्मा, प्रियङ्का कार्की, केकी अधिकारी, सरोज खनाल, आशिर्वाद क्षेत्री, अथर्व उप्रेतीलगायतको अभिनय छ । यसपटकको कथामा बालप्रेममा मात्र केन्द्रित नभई विभिन्न पक्षलाई समेटिएको पटकथाकार तिमिल्सिनाले जानकारी दिए । “चलचित्रमा चाहिने सम्पूर्ण पक्षलाई समेटिएको छ । विशुद्ध प्रेमकथामा बनेको चलचित्र द्वन्द्वमार्फतसमेत मनोरञ्जन दिन्छ”, पटकथाकार तिमल्सेनाले भने ।

प्रदर्शनमा आएको चलचित्र ‘कैदीको पत्र’लाई सनमकुमार बैरागले निर्देशन गरेका हुन् । एक युवक, उसको वरपर सम्बन्धित हुने व्यक्ति र प्रेम सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको चलचित्रमा जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई प्रस्तुत गरिएको छ ।

साहित्यकार स्व ईश्वर मानन्धरद्वारा लिखित कथा ‘कैदीको पत्र’मा आधारित रही तयार चलचित्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्कीलगायतले अभिनय गरेका छन् ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?