Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

फ्राइडे रिलिज : एकसाथ तीन चलचित्र प्रदर्शनमा


१५ वैशाख, काठमाडाैँ । आज एकसाथ तीन चलचित्र प्रदर्शनमा आएको छ । ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’ र ‘कैदीको पत्र’ वैशाख १५ मा प्रदर्शनमा आएका हुन् ।

गत सोमबार काठमाडौँमा गरिएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको ‘प्रसाद २’ शृङ्खलाबद्ध रूपमा आएको चलचित्र हो । ‘प्रसाद’ कै कथालाई अगाडि बढाइएको लेखक सुशील पौडेलले जानकारी दिए ।

अभिनेता विपीन कार्कीले बाबुराम र अभिनेत्री केकी अधिकारीले नारायणीको भूमिका निर्वाह गर्नुभएको छ । सहरमा घटेका घटनाक्रमलाई साथ रहेर सामना गरेका बाबुराम दम्पती गाउँ फर्किने तयारी गर्छन् । देशमा आएको परिवर्तन गाउँसम्म पुगेको आशमा सुखी जीवन बिताउने सपना बोकेर उनीहरू आफ्नै थलोमा फर्किन्छन् । उनीहरू बस्ने गाउँलाई सुन्दरबस्ती भनिए पनि त्यहाँ विभेद कायम नै छ । मूल कथा प्रेम बनाइए पनि परिवर्तनलाई संस्थागत गर्न राजनीतिको सहायता लिइएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, विशाल पहाडी, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गरेका छन् ।

नेपालमा शृङ्खलाको रुपमा चलचित्र निर्माणको सुरुआत गर्ने ‘नाई नभन्नु ल’ को छैटौँ शृङ्खला प्रदर्शनमा आएको छ । विगतमा निर्माण भएका पाँच शृङ्खलाले दर्शकको मन जितेपछि निर्देशक विकासराज आचार्यले पटकथाकार सामीप्यराज तिमल्सेनासँगको सहकार्यमा यसलाई तयार गरेका हुन् ।

चलचित्रमा आँचल शर्मा, प्रियङ्का कार्की, केकी अधिकारी, सरोज खनाल, आशिर्वाद क्षेत्री, अथर्व उप्रेतीलगायतको अभिनय छ । यसपटकको कथामा बालप्रेममा मात्र केन्द्रित नभई विभिन्न पक्षलाई समेटिएको पटकथाकार तिमिल्सिनाले जानकारी दिए । “चलचित्रमा चाहिने सम्पूर्ण पक्षलाई समेटिएको छ । विशुद्ध प्रेमकथामा बनेको चलचित्र द्वन्द्वमार्फतसमेत मनोरञ्जन दिन्छ”, पटकथाकार तिमल्सेनाले भने ।

प्रदर्शनमा आएको चलचित्र ‘कैदीको पत्र’लाई सनमकुमार बैरागले निर्देशन गरेका हुन् । एक युवक, उसको वरपर सम्बन्धित हुने व्यक्ति र प्रेम सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको चलचित्रमा जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई प्रस्तुत गरिएको छ ।

साहित्यकार स्व ईश्वर मानन्धरद्वारा लिखित कथा ‘कैदीको पत्र’मा आधारित रही तयार चलचित्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्कीलगायतले अभिनय गरेका छन् ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?