Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

वैज्ञानिक महावीर पुन आन्दोलनमा, विरोध प्रदर्शन सुरू


१५ वैशाख, काठमाडाैँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आन्दोलनमा उत्रिएका छन् । अनुसन्धान नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई सरकारले प्राथमिक नदिएको भन्दै राष्ट्रिय आविष्कार केन्द्रले विरोध प्रदर्शन सुरू गरेको हो ।

अहिले आविष्कार केन्द्रको नेतृत्वमा काठमाडाैँको माइतीघर क्षेत्रमा धेरै मानिसहरू धर्ना बसिरहेका छन् । मण्डलामा केन्द्रका अध्यक्ष महावीर पुन लगायत विद्यार्थी, अभियन्ता तथा प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको छ ।

पुनले विभिन्न मागहरू राख्दै विरोध प्रदर्शन सुरू गरेका हुन् । यस्ता छन् उनले सरकारसँग राखेका केही मागहरू :

१. “अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष” खडा गर ।
२. अनुसन्धान र नबप्रबर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याऊ ।
३. प्रतिभाशाली सन्ततिहरु लाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार गर्न सहयोग गर ।
४. “अनुसन्धान, नबप्रबर्तन र आविष्कार प्रबर्धन, सन्चालन तथा खरिद ऐन” बनाउ ।
५. स्टार्ट अपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाऊ ।
६. नवउद्यमीहरुलाई हतोत्साह नगर ।
७. उद्यमशीलताको बिकास गर्न “नव उद्यमी पहिचान र प्रबर्धन समिति” बनाउ ।
८. व्याबहारिक अनुसन्धान लाई प्रबर्धन गर्न “व्याबहारिक अनुसन्धान र नबप्रबर्तन बिभाग” खोल ।
९. यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने ब्यबस्था तुरुन्त गर ।
१०. पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति देउ ।
११. सृजनशील नेपालीहरुले निर्माण गरेको सामानहरुलाई थप बिकास गर्न सहयोग गर ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?