Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

वैज्ञानिक महावीर पुन आन्दोलनमा, विरोध प्रदर्शन सुरू


१५ वैशाख, काठमाडाैँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आन्दोलनमा उत्रिएका छन् । अनुसन्धान नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई सरकारले प्राथमिक नदिएको भन्दै राष्ट्रिय आविष्कार केन्द्रले विरोध प्रदर्शन सुरू गरेको हो ।

अहिले आविष्कार केन्द्रको नेतृत्वमा काठमाडाैँको माइतीघर क्षेत्रमा धेरै मानिसहरू धर्ना बसिरहेका छन् । मण्डलामा केन्द्रका अध्यक्ष महावीर पुन लगायत विद्यार्थी, अभियन्ता तथा प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको छ ।

पुनले विभिन्न मागहरू राख्दै विरोध प्रदर्शन सुरू गरेका हुन् । यस्ता छन् उनले सरकारसँग राखेका केही मागहरू :

१. “अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष” खडा गर ।
२. अनुसन्धान र नबप्रबर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याऊ ।
३. प्रतिभाशाली सन्ततिहरु लाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार गर्न सहयोग गर ।
४. “अनुसन्धान, नबप्रबर्तन र आविष्कार प्रबर्धन, सन्चालन तथा खरिद ऐन” बनाउ ।
५. स्टार्ट अपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाऊ ।
६. नवउद्यमीहरुलाई हतोत्साह नगर ।
७. उद्यमशीलताको बिकास गर्न “नव उद्यमी पहिचान र प्रबर्धन समिति” बनाउ ।
८. व्याबहारिक अनुसन्धान लाई प्रबर्धन गर्न “व्याबहारिक अनुसन्धान र नबप्रबर्तन बिभाग” खोल ।
९. यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने ब्यबस्था तुरुन्त गर ।
१०. पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति देउ ।
११. सृजनशील नेपालीहरुले निर्माण गरेको सामानहरुलाई थप बिकास गर्न सहयोग गर ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?