Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

मापदण्ड नपुगेका दुई बालगृह बन्द


१४ वैशाख ,काठमाडौँ । राष्ट्रिय बालअधिकार परिषद्ले चालु आर्थिक वर्षमा मापदण्ड नपुगेका दुई बालगृह बन्द गरेको छ । परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले चालु आवमा मापदण्ड नपुगेका दुई बालगृहका ४१ बालबालिकाको उद्धार गरिएको जानकारी दिए । “अघिल्लो आवमा ४७ बालगृह बन्द रहेकामा ४५ बालगृहले आफैँ बन्द गरेका र दुई बालगृह मापदण्डविपरीत बन्द गरिएको थियो, चालु आवका दुई बालगृह मापदण्ड पूरा गर्न नसकेर बन्द भएका हुन्”, उनले भने ।

हाल नेपालका ४३ जिल्लामा चार सय १७ बालगृह सञ्चालनका छन् । त्यसमा १० हजार नौ सय पाँच बालबालिकाको संरक्षण र संवद्र्धन गरिँदै आएको छ । परिषद्ले बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ मा भएको व्यवस्थाबमोजिम सञ्चालनमा रहेका बालगृहलाई अनुमतिपत्र प्राप्त गर्न योग्यले निवेदन दिन सूचना प्रकाशन गरेको थियो ।

“सञ्चालनमा रहेका बालगृहलाई नयाँ कानुनको प्रावधानअनुसार परिषद्को अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ, परिषद्ले आवश्यकतानुसार स्थानीय तहको समन्वयमा बालगृहको मापदण्डअनुरुप सञ्चालनमा रहेका छन/छैन भनी अनुगमन गर्ने गरेको छ”, उनले भने । चालु आवदेखि चैत मसान्तसम्म १८ स्थानमा सञ्चालनमा रहेका बाल हेल्पलाइनबाट जोखिममा रहेका चार सय ४५ बालबालिकालाई उद्धार गरिएको परिषद्ले जनाएको छ ।

त्यसमा दुई सय २१ बालक र दुई सय २४ बालिका छन् । जोखिममा रहेका बालबालिकालाई उद्धार गरी परिषद्ले संरक्षण व्यवस्थापनमा राहत मनोविमर्श, कानुनी परामर्शलगायतका छ हजार एक सय ४१ लाई सहयोग गरेको छ । त्यसमा दुई हजार पाँच सय ५१ बालक र तीन हजार आठ सय ९० बालिका छन् ।

बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक मापदण्डमा बालगृहमा बालमैत्री भौतिक पूर्वाधार तथा संरचना हुनुपर्ने, बालगृहमा आवश्यक जनशक्तिको व्यवस्था हुनुपर्ने, बालगृह सञ्चालन गर्न आवश्यक हुने आर्थिक स्रोतको व्यवस्था हुनुपर्ने, बालगृहमा बालबालिकाको भर्ना प्रक्रिया, बालबालिकाको भोजन तथा पोषणसम्बन्धी व्यवस्था, बालबालिकाको स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्ने विषय, शिक्षा, तालिम र अतिरिक्त क्रियाकलापको व्यवस्था गर्नुपर्ने, बालगृहमा बाल क्लब गठन, सञ्चालन र बाल सहभागिताको प्रवद्र्धन गर्नुपर्नेलगायत अन्य मापदण्ड पूरा गर्नेपर्ने व्यवस्था छ ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?