Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

एउटाले अर्को मानिससँग डराउनुपर्ने अवस्था आयोः उपप्रमुख सुनिता डंगोल


१४ वैशाख, काठमाडाैँ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले मानिसले आफू सुरक्षित नभएको महसुस गर्न थालेको बताएकी छन् ।

बिहीबार गृहमन्त्रालयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौंको कपनमा वैशाख ७ गते भएको निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेकी उनले नागरिकले असुरक्षित महसुस गरिरहेको बताएकी हुन् ।

उनले अहिले मानिस एकले अर्कोसँग डराउनुपर्ने अवस्था सिर्जना भएको बताइन्। उनले ८ दिन बितिसक्दासमेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको बताइन्। अपराधिक घटनाक्रमलाई रोक्न नेपाल प्रहरीसँग मिलेर काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकामा सीसी क्यामेर जडान गर्ने प्रक्रिया अघि बढाएको पनि बताइन् ।

उनले भनिन्, ‘अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट छिट्टै निचोड आउने प्रतिबद्धता पाएका छौँ। कसरी र के भएको हो भन्ने कौतुहलता छ, साथै एक अर्कासँग डराउनुपर्ने त्रासपूर्ण वातावरण बनेको छ। महानगरपालिकाले शान्ति सुरक्षामा प्रहरीसँग नजिकबाट समन्वय गरिरहेका छौँ। महानगरले पनि महानगरभित्र प्रहरीसँग हरेक ठाउँमा सीसी क्यामेरा राख्ने जडान गर्ने भनेका छौँ। घटना भएको आठ दिन बितिसक्दा पनि बाहिर नआउनु हामी सबैका लागि हामी यहाँ सुरक्षित छौँ कि छैनौँ भन्ने प्रश्न आएको छ।’’


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?