Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

वर्डफ्लु पीडित किसानलाई राहत


१४ वैशाख, चितवन । जिल्लाका वर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । सङ्घीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि राहत रकम पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशील केसीका अनुसार विसं २०७८ कात्तिक १२देखि २०७९ असार ७ गतेसम्म जिल्लामा वर्डफ्लुको सङ्क्रमण देखिएकाले कुखुरालगायत अन्य वस्तु नष्ट गरिएको थियो । नष्ट भएका अन्य बस्तुसमेत मूल्याङ्कन गर्दै सरकारले ७५ प्रतिशत राहत रकम उपलव्ध गराएको उहाँले बताउनुभयो ।

प्रमुख केसीले भने “वर्डफ्लु पीडित किसानलाई रु ३१ करोड ९१ लाख ३१ हजार सात सय ४९ राहत रकम आएको छ । यो रकम वितरणको काम सुरु भएको छ । पीडित किसानको खातामा सोझै भुक्तानी पुग्ने गरी काम अघि बढाइएको छ । ”

उनले भने, “३७ फर्मको मात्रै रकम आएको छ । कुनै दोहोरिएको र कसैको कागज नपुगेका कारण राहत रकम कम आएको हो ।” तीन लाख ६९ हजार तीन कुकुरा, सात लाख तीन हजार छ सय २५ अण्डा र ९८ हजार सात सय २८ किलो दानाका लागि सो रकम प्राप्त भएको कार्यालयले जानाएको छ । जिल्ला दररेट समितिबाट रु ४२ करोड ५५ लाख आठ हजार नौ सय ९९ क्षति भएको सिफारिस गरिएको थियो ।

वर्डफ्लुका कारण जिल्लामा तीन लाख ७२ हजार छ सय १२ पक्षी नष्ट गरिएको होे । वर्डफ्लुको असर सबैभन्दा धेरै लेयर्स कुखुरामा परेको र विभिन्न उमेर समूहका लेयर्स कुखुरा तीन लाख ५८ हजार एक सय ११ वटा नष्ट गरिएको थियो ।

यस्तै प्यारेन्ट कुखुरा १२ हजार ३३, कडकनाथ आठ सय ९६, बोइलर आठ सय ९६, टर्की पाँच सय वटा नष्ट गरीएको थियो । स्थानीय जातका कुखुरा एक सय ३२, हाँस ३६ र बट्टाई आठ वटा नष्ट गरिएको प्रमुख केसीले जानकारी दिए । सोही क्रममा लेयर्स कुखुराको अण्डा पाँच लाख ५० हजार सात सय ९१, प्यारेन्ट अण्डा एक लाख ७८ हजार पाँच सय ६४, क्रेट एक लाख २८ हजार नौ सय २० वटा नष्ट गरिएको थियो ।
दाना ९४ हजार सात सय २८ किलो, टर्कीको अण्डा छ हजार तीन सय, हाँसको अण्डा २० वटा, अण्डा राख्ने कार्टुन दुई हजार पाँच सय वटा, डाला छ हजार ६० वटा, टर्कीको मासु एक सय २० किलो र कुखुराको मासु ४० किलो नष्ट गरिएको थियो ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?