Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

वर्डफ्लु पीडित किसानलाई राहत


१४ वैशाख, चितवन । जिल्लाका वर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । सङ्घीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि राहत रकम पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशील केसीका अनुसार विसं २०७८ कात्तिक १२देखि २०७९ असार ७ गतेसम्म जिल्लामा वर्डफ्लुको सङ्क्रमण देखिएकाले कुखुरालगायत अन्य वस्तु नष्ट गरिएको थियो । नष्ट भएका अन्य बस्तुसमेत मूल्याङ्कन गर्दै सरकारले ७५ प्रतिशत राहत रकम उपलव्ध गराएको उहाँले बताउनुभयो ।

प्रमुख केसीले भने “वर्डफ्लु पीडित किसानलाई रु ३१ करोड ९१ लाख ३१ हजार सात सय ४९ राहत रकम आएको छ । यो रकम वितरणको काम सुरु भएको छ । पीडित किसानको खातामा सोझै भुक्तानी पुग्ने गरी काम अघि बढाइएको छ । ”

उनले भने, “३७ फर्मको मात्रै रकम आएको छ । कुनै दोहोरिएको र कसैको कागज नपुगेका कारण राहत रकम कम आएको हो ।” तीन लाख ६९ हजार तीन कुकुरा, सात लाख तीन हजार छ सय २५ अण्डा र ९८ हजार सात सय २८ किलो दानाका लागि सो रकम प्राप्त भएको कार्यालयले जानाएको छ । जिल्ला दररेट समितिबाट रु ४२ करोड ५५ लाख आठ हजार नौ सय ९९ क्षति भएको सिफारिस गरिएको थियो ।

वर्डफ्लुका कारण जिल्लामा तीन लाख ७२ हजार छ सय १२ पक्षी नष्ट गरिएको होे । वर्डफ्लुको असर सबैभन्दा धेरै लेयर्स कुखुरामा परेको र विभिन्न उमेर समूहका लेयर्स कुखुरा तीन लाख ५८ हजार एक सय ११ वटा नष्ट गरिएको थियो ।

यस्तै प्यारेन्ट कुखुरा १२ हजार ३३, कडकनाथ आठ सय ९६, बोइलर आठ सय ९६, टर्की पाँच सय वटा नष्ट गरीएको थियो । स्थानीय जातका कुखुरा एक सय ३२, हाँस ३६ र बट्टाई आठ वटा नष्ट गरिएको प्रमुख केसीले जानकारी दिए । सोही क्रममा लेयर्स कुखुराको अण्डा पाँच लाख ५० हजार सात सय ९१, प्यारेन्ट अण्डा एक लाख ७८ हजार पाँच सय ६४, क्रेट एक लाख २८ हजार नौ सय २० वटा नष्ट गरिएको थियो ।
दाना ९४ हजार सात सय २८ किलो, टर्कीको अण्डा छ हजार तीन सय, हाँसको अण्डा २० वटा, अण्डा राख्ने कार्टुन दुई हजार पाँच सय वटा, डाला छ हजार ६० वटा, टर्कीको मासु एक सय २० किलो र कुखुराको मासु ४० किलो नष्ट गरिएको थियो ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?