Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

युद्धविरामका बीच गोलाबारी जारी


१३ वैशाख, एजेन्सी । सुडानमा गएरातिदेखि जारी युद्धविरामका बीचमा तोप, बन्दुकलगायत हतियार पड्काइएका र विष्फोटका घटना भएका छन् । यहाँका स्थानीय बासिन्दाले दोहोरो झडपका घटनाबारे जानकारी पाएको बताउँदै युद्धविराम पूर्णरूपमा पालना नभएको दाबी गरेका छन् ।

दश दिनअघि प्रारम्भ भएको युद्धमा संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) सोमबार मध्यरातदेखि ७२ घण्टा युद्धविराम गर्न सहमत भएका थिए ।

यही वैशाख २ गतेदेखि प्रारम्भ भएको द्वन्द्वमा चार सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । युद्धमा ज्यान गुमाउनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । राष्ट्रसङ्घीय निकायहरूले करिब दु्ई लाख सुडानी सुरक्षाको खोजीमा छिमेकी मुलुकतर्फ भागेका बताएका छन् ।

जारी युद्धका कारण हजारौँ घाइते भएका छन् भने ठूलो सङ्ख्यामा सुडानी र विदेशीहरू पनि पलायन भएका छन् । यसअघि तीन पटक गरिएका युद्धविरामका प्रयास असफल भएका थिए । राष्ट्रसङ्घीय निकायहरूले चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका जनाएका छन् ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?