Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

युद्धविरामका बीच गोलाबारी जारी


१३ वैशाख, एजेन्सी । सुडानमा गएरातिदेखि जारी युद्धविरामका बीचमा तोप, बन्दुकलगायत हतियार पड्काइएका र विष्फोटका घटना भएका छन् । यहाँका स्थानीय बासिन्दाले दोहोरो झडपका घटनाबारे जानकारी पाएको बताउँदै युद्धविराम पूर्णरूपमा पालना नभएको दाबी गरेका छन् ।

दश दिनअघि प्रारम्भ भएको युद्धमा संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) सोमबार मध्यरातदेखि ७२ घण्टा युद्धविराम गर्न सहमत भएका थिए ।

यही वैशाख २ गतेदेखि प्रारम्भ भएको द्वन्द्वमा चार सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । युद्धमा ज्यान गुमाउनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । राष्ट्रसङ्घीय निकायहरूले करिब दु्ई लाख सुडानी सुरक्षाको खोजीमा छिमेकी मुलुकतर्फ भागेका बताएका छन् ।

जारी युद्धका कारण हजारौँ घाइते भएका छन् भने ठूलो सङ्ख्यामा सुडानी र विदेशीहरू पनि पलायन भएका छन् । यसअघि तीन पटक गरिएका युद्धविरामका प्रयास असफल भएका थिए । राष्ट्रसङ्घीय निकायहरूले चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका जनाएका छन् ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?