Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

आज बौद्धिक सम्पत्ति दिवस मनाइँदै


१३ वैशाख ,काठमाडौँ । ‘महिला तथा बौद्धिक सम्पत्ति : नवखोज र शिर्जनशीलताको बढावा’ नाराका साथ आज नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ ।

विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सघाउ पुर्याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ ।

नेपाल विपोको सदस्य राष्ट्र हो । विपोको बौद्धिक सम्पत्तिसम्बद्ध विश्वका आविष्कारक, नवप्रबद्र्धक, लेखक, सर्जकलाई एकापसमा जोडी सम्बन्ध बिस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रबद्धर्न गरी जनचेतना फैलाउने नीति रहेको छ ।

विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ । दिवसको अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदै छन् ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?