Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

इरानबाट दैनिक एक करोड लिटर डिजेल तस्करी हुने गरेको तेहरानको दावी


पेट्रोलियम पदार्थको मूल्यवृद्धि

११ वैशाख, एजेन्सी । इरानका उपमन्त्री जलिल सलारीले प्रतिस्पर्धात्मक मूल्यका कारण इरानबाट दैनिक औसत एक करोड लिटर डिजेल तस्करी हुने गरेको बताएका छन् ।

इरानको ‘नेशनल इरानी आयल रिफाइनिङ एण्ड डिस्ट्रिब्युसन कम्पनी’का प्रबन्ध निर्देशकसमेत रहेका सलारीले इरानको आधिकारिक समाचार संस्था इरनालाई दिएको अन्तर्वार्तामा उक्त कुराको जानकारी गराएका हुन् ।

इरानमा एक लिटर डिजेलको मूल्य आसपासका देशको तुलनामा करिब ०.८ अमेरिकी डलर कम रहेकोले इरान र उसका छिमेकी मुलुकबीच डिजेलको मूल्यमा आएको भिन्नताले तस्करीलाई आकर्षण गरेको उनले बताए ।

सलारीका अनुसार देशको यातायात क्षेत्रमा डिजेलको दैनिक खपत अहिले आठ करोड ४० लाख लिटर रहेको छ भने “डिजेल को तस्करी रोक्नको लागि, इरानले व्यक्तिगत ईन्धन कार्डको प्रयोगलाई बढावा दिएको छ र मौद्रिक लेनदेनमा अधिक नियन्त्रण प्रयोग गर्न र शङ्कास्पद लेनदेनको पहिचान गर्न स्मार्ट प्रणालीलाई अपग्रेड गरेको छ ।

विश्वको सबैभन्दा ठूलो तेल र ग्याँस भण्डारमा रहेको इरानले आफ्ना १० प्रशोधन केन्द्रबाट दैनिक २२ लाख ब्यारेलभन्दा बढी कच्चा तेल र ‘कन्डेन्सेट’ प्रशोधन गर्दै आएको छ । देशको दैनिक डिजेल र पेट्रोलको उत्पादन क्रमशः ११ करोडदेखि ११ करोड ५० लाख लिटरसम्म पुगेको सलारीले बताउनुभयो ।

इरानी सरकारले इन्धनको प्रयोगमा अनुदान दिन्छ । यसले गर्दा इरानीहरूले इन्धन तस्करीलाई आकर्षक व्यवसाय बनाउँने गरेका छन् ।

पछिल्लो केही महिनायता इरानी नौसैनिक बलले तस्करीको इन्धन बोक्ने ठूलो सङ्ख्यामा जहाजहरू जफत गरेको छ ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?