Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

नेकपातिरै फर्कौं, फेरि एकताको पहल गरौं : प्रधानमन्त्री प्रचण्ड


१० वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा राजधानीमा नेकपा (एकीकृत समाजवादी)द्वारा आज आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनः उपलब्धि, चुनौती र संभावना’ विषयक बिचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘सही बिचार र नीतिका आधारमा कम्युनिस्टहरुलाई एकतावद्ध गर्ने कुरा जारी राख्नु पर्दछ । अहिले हामी त्यहि प्रक्रियामा छौं । जनवादी केन्द्रीयताको सिद्धान्त विरुद्ध रहेकाहरु कम्युनिष्ट एकताको पक्षमा छैनन् । हामी अहिले पनि एकताकै पक्षमा छौं ।’ उनले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने र त्यहिबाट कम्युनिष्ट आन्दोलनको नयाँ ध्रुबीकरणमा अगाडि बढ्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले आफूहरु राष्ट्र र जनताको आवश्यकता अनुसार थुप्रै नेताहरुसँगको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्छ भन्ने बिषयमा छलफल गरी नेकपा तिरै फर्कनेमा रहेको स्पष्ट पारे । उनले भने, ‘कम्युनिस्ट पार्टी भित्र नेतृत्वलाई साँचोका रुपमा लिइन्थ्यो, र हो पनि । नेतृत्वले गलत विचार र प्रवृति अंगिकार गर्यो भने, धेरै ठूलो क्षति हुन्छ र ठूलो प्रतिक्रान्ति हुन्छ । हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि देख्यौं र आफ्नै आँखा अगाडि पनि देख्यौं ।’

उनले ०७४ को आम निर्वाचन कम्युनिष्टहरुले चालेको ठूलो अग्रगामी कदम रहेको उल्लेख गर्दै उक्त प्रस्ताव आफूहरुले नै गरेको र त्यसको पहिलो प्रस्तावक आफैं भएको बताए । ‘राष्ट्रको स्वाधिनता, राष्ट्रिय एकता, जनताको जनजीविका, सामाजिक न्याय र विकासको आवश्यकतालाई सम्बोधन गर्न पनि कम्युनिष्टहरु एक हुन जरुरी छ, ’ उनले भने । लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रलाई मजबुत गर्नका लागि पनि कम्युनिष्टहरु एक हुन जरुरी रहेको प्रधानमन्त्रीको भनाई थियो ।

उनले बिना आग्रह पूर्वाग्रह बिचारधारात्मक रुपले समिक्षा गर्दै राष्ट्रको हितमा एकताको नयाँ पहलका लागि बामपन्थी कम्युनिस्टहरुलाई आव्हान पनि गरे । उनले अगाडि भने, ‘एकतावद्ध भएर मात्र हामी कम्युनिष्ट आन्दोलनप्रति इमान्दार हुनसक्छौं । अहिले हामी कम्युनिस्ट पार्टीहरु कहाँबाट सुरु गर्ने भन्ने छलफलमा छौं । अहिले राष्ट्रको आवश्यकता, रााष्ट्रियता, जनतन्त्र जनजीविका, विकासको आवश्यकता र दलाल पूँजीवादको विरुद्ध संघर्षको आवश्यकता महशुस गर्नेहरु सबै एउटा मोर्चामा आवद्ध भएर एउटा सन्देह दिऔं ।’


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?