Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

अमेरिकामा पनि घट्यो घरको कारोबार


९ वैशाख, एजेन्सी । मार्च महिनामा अमेरिकामा घरको बिक्री २.४ प्रतिशतले घटेको ‘नेशनल एसोसिएसन अफ रियाल्टर्स (एनएआर)’ ले जनाएको छ ।

घर बिक्रीको मौसमी रूपमा समायोजित वार्षिक दर ४४ लाख ४० हजारमा झरेको छ ।

अमेरिकी अर्थव्यवस्थाको एक महत्वपूर्ण क्षेत्र रियल स्टेट बजारले गत वर्ष व्यापक आर्थिक सङ्घर्ष गर्नुपरेको थियो । विद्यमान घर बिक्री एक वर्ष पहिलेको मार्च महिनाको तुलनामा २२ प्रतिशतले घटेको छ ।

एनएआरका अनुसार औसत विद्यमान घर बिक्री मूल्य अघिल्लो वर्षको तुलनामा ०.९ प्रतिशतले घटेर तीन लाख ७५ हजार ७०० अमेरिकी डलरमा झरेको छ । नबिकेका घरहरूको सूची अघिल्लो महिनाको तुलनामा मार्चको अन्त्यमा एक प्रतिशतले बढेर नौ लाख ८० हजार पुगेको छ ।

एनएआरका प्रमुख अर्थशास्त्री लरेन्स युनले भने, “घरको बिक्रीमा सुभारको सङ्केत देखिएको छ र सुरक्षा दरमा परिवर्तनको लागि अत्यधिक संवेदनशील देखिएको छ ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?