Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

अमेरिकामा पनि घट्यो घरको कारोबार


९ वैशाख, एजेन्सी । मार्च महिनामा अमेरिकामा घरको बिक्री २.४ प्रतिशतले घटेको ‘नेशनल एसोसिएसन अफ रियाल्टर्स (एनएआर)’ ले जनाएको छ ।

घर बिक्रीको मौसमी रूपमा समायोजित वार्षिक दर ४४ लाख ४० हजारमा झरेको छ ।

अमेरिकी अर्थव्यवस्थाको एक महत्वपूर्ण क्षेत्र रियल स्टेट बजारले गत वर्ष व्यापक आर्थिक सङ्घर्ष गर्नुपरेको थियो । विद्यमान घर बिक्री एक वर्ष पहिलेको मार्च महिनाको तुलनामा २२ प्रतिशतले घटेको छ ।

एनएआरका अनुसार औसत विद्यमान घर बिक्री मूल्य अघिल्लो वर्षको तुलनामा ०.९ प्रतिशतले घटेर तीन लाख ७५ हजार ७०० अमेरिकी डलरमा झरेको छ । नबिकेका घरहरूको सूची अघिल्लो महिनाको तुलनामा मार्चको अन्त्यमा एक प्रतिशतले बढेर नौ लाख ८० हजार पुगेको छ ।

एनएआरका प्रमुख अर्थशास्त्री लरेन्स युनले भने, “घरको बिक्रीमा सुभारको सङ्केत देखिएको छ र सुरक्षा दरमा परिवर्तनको लागि अत्यधिक संवेदनशील देखिएको छ ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?