Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

युवराज सफललाई कारबाही गर्न नेपाली कांग्रेसका सांसद्को माग


६ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद् दिलेन्द्र बडूले युवराज पौडेल (सफल)लाई कारबाहीको माग गरेका छन् । बुधबार संसद बैठकमा बोल्दै उनले सफललाई हदैसम्मको कारबाहीको माग राखेका हुन् ।

सफलले आफ्नो चरित्रहत्या गरेकोले सभामुख मार्फत कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएको बडूले बताएका छन् ।

उनले भनेका छन्, ‘मेरो सन्दर्भमा यस्तो आरोप पूर्णतया झुटा, आधारहीन र दुराशययुक्त प्रायोजित समाचारप्रति म गहिरो दुःख र खेद व्यक्त गर्दै विरोध जनाउँछु र घोर भर्त्सना गर्दछु । ममाथि लगाइएको उक्त आरोप पुष्टि गर्न म ठाडो चुनौती दिन चाहन्छु । यसरी सम्प्रेषित समाचारले म जिम्मेवार नागरिकको प्रतिष्ठामा गम्भीर चोट पुर्याएको छ भने मैले पटक पटक मेरो सार्वभौम मुलुकको मन्त्रीपरिषदको जिम्मेवारी निभाइसकेको सन्दर्भमा मेरो देशको स्वाभिमानमाथि समेत अपूरणीय क्षति पुर्याउन सक्ने भएकोले यस्ता तथ्यहीन कुराका उजुरीकर्ता र सत्यतथ्य खोजी नगरी आचारसंहिता विपरीत र दुराशययुक्त तथ्यहीन समाचार सम्प्रेषणकर्ताहरू समेतलाई यथाशीघ्र छानबिन गरी हदैसम्मको कानुनी कारबाही गरिपाउन र सत्यतथ्य संसद्लाई जानकारी गराउन समेत सभामुख मार्फत नेपाल सरकार सम्बद्ध पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

मंगलबार एक सञ्जारमाध्यममा दोहोरो नागरिकता लिएको विषयमा बडू सहित १२ जनालाई छानबिन गरि कारबाही गर्न मागसहितको उजुरी परेको उल्लेख गरिएको थियो ।


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?