Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

दोहोरो अङ्कले बढ्यो शेयर बजार


६ वैशाख, काठमाडाैँ । आज पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो ।

आज दुई सय ७३ वटा कम्पनीको २५ लाख ७९ हजार तीन सय २५ कित्ता शेयर २३ हजार पाँच सय तीनपटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ८७ करोड २१ लाख ४१ हजारमा खुम्चिएको छ ।

आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०६ अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ७० दशमलव ८४ र जीवन बीमा समूह ६२ दशमलव ९२ अङ्कले बढेको छ । आज बैंकिङ नौ दशमलव ४४, विकास बैंक ४४ दशमलव १२, वित्त १८ दशमलव १३, होटल तथा पर्यटन समूह १९ दशमलव ०५, जलविद्युत् २१ दशमलव ९७ र लगानी समूह शून्य दशमलव ६३ अङ्कले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह १५ दशमलव १५, लघुवित्त समूह ३२ दशमलव १६, व्यापार समूह २८ दशमलव ८८ र अन्य समूह ६ दशमलव ४६ अङ्कले बढेको छ ।

आज कालीञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर शेयर रु आठ करोड ८३ लाख १३ हजार तीन सय बराबरको एक लाख ५९ हजार कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?