Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

छ दिनसम्म अन्नपानी नपाएका ८ जना मछुवारा डुबेको आशङ्का


६ वैशाख, का गत शुक्रबार उत्तरपश्चिमी अष्ट्रेलियाको समुद्री तटमा शक्तिशाली चक्रवातमा फसेका इण्डोनेशियाका आठ जना मछुवाराले अन्नपानी बिना एउटा टापुमा छ दिन बिताएपछि जलसमाधि लिएको आशङ्का गरिएको छ ।

अष्टे«लियामा आठ वर्षयता आएको सबैभन्दा शक्तिशाली चक्रवात इल्सामा परेका ती मछुवाराले आफूसँग अन्नपानी नहुँदा र आफ्नो डुङ्गासमेत डुबेपछि जीवन नै त्याग गरेका हुनसक्ने अष्ट्रेलियाली समुद्री सुरक्षा प्राधिकरणले बाँचेका मछुवारालाई उद्धृत गर्दै जनाएको छ । पुत्रीजया नामको डुङ्गा हिन्द महासागरमा डुबेको र त्यसमा सवार एक जनालाई तीस घण्टापछि उद्धार गरिएको थियो ।

एक्सप्रेस वान नाम गरेको अर्को डुङ्गाका मछुवारा भने आफ्नो वाहन डुबेपछि टापुमा बसिरहेका बेला नियमित हवाई गस्तीमा रहेको अस्ट्रेलियाली सीमा बलले उनीहरूलाई देखेको थियो । समुद्रीमार्ग भएर गैरकानुनी गतिविधि सञ्चालन गर्न उनीहरू त्यहाँ बसेको ठानेर हेलिकप्टरमा त्यहाँ गएका सुरक्षाकर्मीले आपतमा परेका उनीहरूलाई उद्धार गरेको थियो ।


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?