Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

चिसोले घटे पर्यटक


हिमाली क्षेत्रमा चिसोपन बढेसँगै आन्तरिक एवं बाह्य पर्यटकको आगमन घटेको छ । गोसाइँकुण्डको तीर्थलगायत लाङ्टाङ र तामाङ सम्पदा मार्गका उच्च क्षेत्रमा अत्यधिक चिसोका कारण पर्यटकको आगमन घटेको हो । रातिको समयमा परेको शीत बिहानसम्ममा पूरै बरफमा परिणत हुने भएकाले आगामी फागुन १५ सम्म होशियारपूर्वक यात्रा गर्न र सकभर एउटा लौरो साथ लिइ यात्रा गर्दा सुरक्षित होइने स्थानीयवासीले जनाए ।

अहिले गोसाइँकुण्डको पानीसमेत जमेर बरफमा परिणत भइसकेकाले यस याममा तीर्थको महत्वभन्दा सेताम्मे हिमशृङ्खला अवलोकन गर्न थोरबहुत यात्रुमात्र भ्रमणमा आउने गरेको होटल व्यवसायी सङ्घका जिल्लाअध्यक्ष रामशरण गजुरेलले बताउनुभयो । हिमाली पदयात्राका लागि आएका पर्यटकले उत्तरी रसुवाअन्तर्गत उच्चभागमा रहेको गोसाइँकुण्ड, लाङ्टाङ क्षेत्र एवं तामाङ सम्पदामार्गको ग्रामीण बस्तीसमेतका क्षेत्रमा भ्रमण गर्ने गरेको उहाँले जानकारी दिनुभयो । पर्यटकको आगमन कमी भएकाले सबै व्यवसायीले आ–आफ्ना होटल तथा लज सुदृढीकरण गर्न थालेका छन् । होटल तथा लजको रङरोगन गराउने र सिरक तथा डस्ना मर्मत एवं नयाँ खरिद एवं ढुवानी गर्ने कार्य भइरहेको बताइएको छ । विगतको तुलनामा यस वर्षको पहिलो यामबाटै होटल तथा लज चलायमान भइसकेका र दोस्रो याम(फागुन १५)देखि बढी पर्यटकको आगमन हुने यहाँका व्यवसायीको आँकलन छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मिलन सापकोटाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही पुस २६ गतेसम्म आन्तरिक १२ हजार पाँच सय ३०, सार्क राष्ट्रका दुई सय ४५, अमेरिका, जर्मन, जापान, अष्ट्रेलियालगायत देशबाट आएका चार हजार पाँच सय ५२ विदेशी पर्यटकले निकुञ्जको पर्यटकीय क्षेत्र भ्रमण गरेका थिए । पर्यटक निकुञ्जको भू–भागमा प्रवेश गरेवापत लाग्ने शुल्कबाट रु एक करोड ६६ लाख ५८ हजार पाँचसय २५ राजस्व दाखिला भएको बताइएको छ । सेता हिमाल, तालतलैया, उकाली ओेराली, भञ्ज्याङ चौतारी, तामाङ संस्कृतिका नाचगानसमेतले पर्यटकलाई मनमोहक बनाउने गरेको छ ।


प्रकाशित मिति: २८ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?