Trending
>>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

भक्तपुरमा सहकारीका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाइयो


५ वैशाख, भक्तपुर । भक्तपुरमा सहकारी संस्थाका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाइएको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरमा १२ बर्षदेखि संचालनमा रहेको रहेको कृषि विकास तथा ऋण सहकारी संस्थाले बचत फिर्ता नदिएको भन्दै संस्थाका प्रबन्ध निर्देशकलाई मंगलबार जुत्ताको माला लगाएका हुन् ।

उक्त कार्यमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडाैँमा बस्ने ४३ वर्षीय प्रबन्ध निर्देशक समिर खत्रीलाई हातपात गरी कालो मोसोसमेत दली जुत्ताको माला लगाउने उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ४४ को मुरारी नेपाल, ३६ वर्षीया प्रेमकुमारी तामाङ, ३९ वर्षीय कृष्ण संग्रौला, ३६ वर्षीय गोरखबहादुर गिरी र ३४ वर्षीया पबित्रा तामाङ रहेका छन् ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?