Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

भक्तपुरमा सहकारीका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाइयो


५ वैशाख, भक्तपुर । भक्तपुरमा सहकारी संस्थाका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाइएको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरमा १२ बर्षदेखि संचालनमा रहेको रहेको कृषि विकास तथा ऋण सहकारी संस्थाले बचत फिर्ता नदिएको भन्दै संस्थाका प्रबन्ध निर्देशकलाई मंगलबार जुत्ताको माला लगाएका हुन् ।

उक्त कार्यमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडाैँमा बस्ने ४३ वर्षीय प्रबन्ध निर्देशक समिर खत्रीलाई हातपात गरी कालो मोसोसमेत दली जुत्ताको माला लगाउने उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ४४ को मुरारी नेपाल, ३६ वर्षीया प्रेमकुमारी तामाङ, ३९ वर्षीय कृष्ण संग्रौला, ३६ वर्षीय गोरखबहादुर गिरी र ३४ वर्षीया पबित्रा तामाङ रहेका छन् ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?