Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल


५ वैशाख, काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्दैछ ।

त्रिवि मैदान कीर्तिपुरमा मलेसियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । प्रतियोगिताको एक कार्यक्रकबीच परराष्ट्रमन्त्री एनपी साउदले उद्घाटन गरे।

प्रिमियर कपको उपाधि चुम्ने लक्ष्य बोकेको नेपाल पहिलो खेलमै सुखद सुरुवात गर्ने योजनामा छ । नेपाल मलेसियामाथि सदाबहार जितको छवि कायम राख्ने लक्ष्यमा छ । नेपालका लागि मलेसिया तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी हो ।

नेपाल र मलेसियाबीच यसअघि पाँच वटा अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले सबै खेल जितेको छ । नेपाल र मलेसिया पछिल्लो पटक सन् २०१८ को एसिया कप छनोटमा भिडेका थिए । मलेसियामै भएको खेलमा नेपाल १९ रनले विजयी भएको थियो ।

एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालको समूहमा ओमानसहित कतार, मलेसिया र साउदी अरब छन् । यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ ।

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।

एसीसीले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिसकेको छ । तालिका अनुसार नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ ओमानसँग खेल्नेछ ।

उक्त खेललाई एकदिवसीय मान्यतासमेत रहने छ । नेपालले समूहको तेस्रो खेल वैशाख ११ गते साउदी अरब र चौथो खेल वैशाख १४ गते कतारसँग खेल्नेछ । सेमिफाइनल वैशाख १६ र फाइनल खेल १८ गते कीर्तिपुरमा हुनेछ ।

मलेसियाविरुद्ध नेपाल-११

रोहित पौडेन (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?