Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

वर्षको पहिलो कारोबार भएको दिन घट्यो शेयर बजार


३ वैशाख, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ३१ दशमलब ६८ मा सीमित भएको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव २६ अङ्कले ओरालो लागेर तीन सय ६७ दशमलव ७३ मा सिमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा बृद्धि हुँदा नौ उपसमूहको शेयर मूल्यमा भने बृद्धि भएको छ।

कारोबार भएका ७० कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा एक सय ३९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। कूल ३० लाख ५६ हजार सात सय ७५ कित्ता शेयर रु ९७ करोड ४५ लाख ९९ हजार ६१ मूल्यमा खरिद बिक्री भएका छन्।

कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रहयो। सो कम्पनीको चीन करोड ८९ लाख चार हजार चार सय नौ मूल्य बराबरको शेयर खरिद बिक्री भए।

एनआइसी एशिया बैंक तीन करोड ६४ लाख ९८ हजार सात सय ५०, शिवम् सिमेन्ट रु तीन करोड १७ लाख २० हजार सात सय सात, हिमालयन डिस्टिलरी दुई करोड ७९ लाख ९४ हजार चार सय ५५ र सगरमाथा जलविद्युत् कम्पनी दुई करोड ७२ लाख ३३ हजार एक सय ६५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार आर्दश लघुवित्त, मैलुङ हाइड्रोपावरको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले उकालो लाग्दा कालिञ्चोक दर्शन लिमिटेड नौ दशमलव ९८, तारागाउँ रिजेन्सी होटल सात दशमलव ४३ र धौलागिरी लघुवित्तको शेयर मूल्य पाँच दशमलब ६४ प्रतिशतले घटेको छ।

त्यस्तै, एशियन हाइड्रोपावर सात दशमलव ८३, सगरमाथा जलविद्युत् कम्पनी छ दशमलव ७६, आरबीबी म्युचुअल फण्ड एक पाँच दशमलव १३, माहुली लघुवित्त चार दशमलव ५९ र गरिमा विकास लघुवित्तको शेयर मूल्य चार दशमलब ४२ प्रतिशतले घटेको छ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?