Trending
>>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन >>   दलहरू सत्ताको खेलमा मात्रै अल्झिँदा जनता र युवामा चरम असन्तुष्टि बढ्योः डा. बाबुराम भट्टराई >>   रेशम चौधरीको प्रश्नः ‘गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो ?’ >>   संविधान र लोकतन्त्र धरापमाः पुष्पकमल दाहाल >>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

मिटरब्याज पीडितको जग्गा लिलामी रोकेर सरकारले इमान्दारिता देखाउनु पर्छः प्रदीप पाैडेल


३ वैशाख, काठमाडाैँ । नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले मिटरब्याज पीडितको जग्गा लिलामी तत्काल रोक्नुपर्ने र पीडितको पक्षमा सरकारले इमानदारिता देखाउनुपर्ने बताएका छन् । मिटरब्याज पीडितको धर्नास्थल शान्तिबाटिका पुगेर पौडेलले मिटरब्याज जघन्य शोषण भएकाले यसलाई अन्त्य गर्न आफू पूर्ण रुपले प्रतिबद्ध रहेको बताए ।

“सरकारले पहिला असोज १ गते पीडितसङ्ग सम्झौता गर्‍यो र फेरि आयोग बनाउने बुदा थपेर फेरि सम्झौता गरेको छ, यसले मिटरब्याज पीडितको समस्या हल भएन”, उनले भने ।

मिटरब्याजीले हाल चेक बाउन्समा पीडितलाई फसाइरहेको भन्दै उनले यसको गम्भीर छानबिन गर्नुपर्ने बताए । पौडेलले मन्त्रीपरिषदको बैठकले नै सम्पूर्ण फर्जी लिखतलाइ अवैध घोषणा गर्नुपर्ने बताए ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?