Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने


३ वैशाख, काठमाडाैँ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ५ गते मङ्गलबार दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ ।

आजको बैठकमा एक सन्देश टेबुल हुनाका साथै विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सभामा टेबुल गरेका हुन् ।

यसैगरी राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभामा प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?