Trending
>>   निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल >>   महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी सडकमा >>   संविधानको धारा खोल्न दबाब आएको थियो : ओलीको नयाँ खुलासा >>   विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार >>   बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक >>   हिंसाले सत्ता ढाल्यो, सुरक्षा संयन्त्रले टुलुटुलु हेर्‍यो : ओली >>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल >>   फोहोर व्यवस्थापन राजनीतिक मुद्दा भन्दा ठूलो हो : मन्त्री श्रेष्ठ >>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न…
Logo
११ मंसिर २०८३, शुक्रबार
११ मंसिर २०८३, शुक्रबार

महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी सडकमा


काठमाडौँ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित भएका छन् ।

शुक्रवार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ऐन तथा नियमावलीका सम्बन्धमा सरोकारवालाहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याइएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । विज्ञान प्रविधि तथा नवप्रवर्तन महावीर पुनले नैतिक जिम्मेवारी लिइ तत्काल राजीनामा दिन माग गर्दै विरोध प्रदर्शन गरेका छन् । प्रतिष्ठानको प्राङ्गणमा प्रदर्शन गर्दै उनीहरुले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ऐन तथा नियमावली सरोकारवालाहरुसँग छलफल नगरी ल्याइएको र आफ्ना सुझावहरु बेवास्ता गरिएको उनीहरुको भनाइ छ । विरोध कार्यक्रममा बोल्दै प्राविधिक अधिकृत समुन्द्र कँडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको बताएका छन् । सुधारका नाममा विद्यमान संस्था कमजोर पार्ने, विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्ने, दक्ष जनशक्ति पलायन गराउने कदम स्वीकार्य नहुने चेतावनी समेत दिएका छन् ।

उनले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ तथा नियमावली वैज्ञानिकमैत्री नभएकाले तत्काल खारेज गर्न माग गरेका छन् । अध्यादेश र नियमावलीका नाममा भएको मनोमानी तथा नवनियुक्त समिति सदस्यलाई समेत जानकारीमा नराखी निर्णय गर्ने काम बन्द गर्न, संस्थामाथि मन्त्रालय र मन्त्रीको दबाब तथा हस्तक्षेप बन्द गर्न, सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली र नीति बनाउन, संस्थाको सक्षम नेतृत्व खुला विज्ञापन र प्रतिष्पर्धाबाट चयन गर्न, साविकको ऐनअन्तर्गत नियुक्त सबै कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गर्न, कर्मचारीलाई थर्काउने, धम्क्याउने, मनोबल गिराउने काम बन्द गरी विश्वासमा लिन, देशभित्रका दक्ष जनशक्तिलाई विदेशिन बाध्य नपारी स्वदेशी प्रतिभालाई सम्मान र अवसर दिन, विद्यमान संरचना ध्वस्त पारी विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्नुको सट्टा सुदृढ गर्न, नयाँ संरचनामा अनावश्यक खर्च गर्नुको सट्टा नास्टका सबै प्रयोगशालालाई सबल बनाइ अनुसन्धान बजेट बढाउन, संस्थाको स्वायत्तता सुनिश्चित गर्दै वैज्ञानिकहरुले कुनै दबाबबिना अनुसन्धान गर्ने वातावरण सिर्जना गर्न उनीहरुको माग छ ।

अब बनाइने विज्ञान नीतिले देशको विज्ञान तथा अनुसन्धानको भविष्यको निर्धारण गर्ने भएको कँडेलले बताएका छन् ।


प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?