Trending
>>   पार्टीप्रति जनविश्वास फर्काउन कमजोरी सच्याउनुपर्छः एमाले सचिव अर्याल >>   एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौँः केपी ओली >>   रास्वपालक्षित ओलीको टीप्पणीः ‘चुनाव लड्ने क्लव बनाएर हामीसँग प्रतिष्पर्धा गर्दैछन्’ >>   काठमाडौं–तराई द्रुतमार्गको ५१ प्रतिशत निर्माण सम्पन्न, महादेवटार सुरुङको ब्रेकथ्रु >>   काठमाडौं–तराई द्रुतमार्गले गुणात्मक परिवर्तन ल्याउँछः राष्ट्रपति पौडेल >>   चीनको सहयोगमा निजामती अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सेवा विस्तार हुँदै >>   तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्छः सांसद पराजुली >>   केपी ओली भन्छन्, ‘केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! मजाकको पात्र हौँ हामी… >>   पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा >>   मारवाडी सेवा समितिलाई सर्वोच्चको झट्का, गौशाला धर्मशाला पशुपतिमै फिर्ता
Logo
२ मंसिर २०८३, बुधबार
२ मंसिर २०८३, बुधबार

एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौँः केपी ओली


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गरेका छन् ।

पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा पुगेको बताएका छन् । उनले प्रतिक्रियावादी, जनविरोधी तथा देशको अहित चाहने शक्तिले चौतफी घेराबन्दीमा पारेर असंवैधानिक बाटोबाट सत्ताबाट हटाएपनि फेरि सत्तामा पुग्ने दाबी गरेका छन् । उनले एमाले फेरि सरकारमा फर्किने र देशको विकास तथा समृद्धिका कामलाई अगाडि बढाउने बताए । उनले एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाक्षालाई अझ स्पष्ट दृष्टिकोण र दृढताका साथ अघि बढाउने बताएका छन् ।

उनले भने, ‘नेकपा एमाले दया, माया, कृपाले बाँचेको पार्टी होइन । संघर्षको मैदानबाट, सङ्घर्षको मैदानबाट आएर, लडेर, जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौँ । सरकारको नेतृत्व कृपाले, जनताको कृपाले गएका हौँ । अरू कुनै प्रतिक्रियावादी शक्तिहरू, जनविरोधी शक्तिहरू, देशद्रोही शक्तिहरूका कृपा र आशीर्वाद अथवा नेपालको अहित चाहनेहरूका कृपा, आशीर्वादमा नेकपा एमाले सरकारमा गएको होइन । फेरि नेकपा एमालेले फेरि एमाले सरकारमा जान्छ, कान खोलेर सुने हुन्छ । देश बनाउँछ नेकपा एमालेले । विकासका काम जुन अगाडि सारेको छ नेकपा एमालेले, ती विकासका कामहरूलाई नेकपा एमालेले फेरि अगाडि बढाउँछ । समृद्ध नेपाल सुखी नेपालीको सपना देख्न छोड्दैन, झन् प्रस्ट ढङ्गले देख्छ, झन् दृढताका साथ नेकपा एमाले अगाडि बढ्छ । तसर्थ नेकपा एमाले कतिले अब मजाकको विषय बनाउलान्, फेसबुकमा लेख्लान् । अलिक दिन फेसबुकमा लेख्दै गर, हेर्दाहेर्दै नेकपा एमाले सरकारमा जान्तछ । मैले पहिले पनि भनेको थिएँ एमालेलाई घेराबन्दी हालेर निष्कासन गर्दा, सरकारबाट हटाउँदाखेरि, तर त्यतिबेला संवैधानिक बाटोबाट हटाएका थिए । संवैधानिक बाटोबाटै हामी मूल गेटबाट सिंहदरबार पस्छौँ, जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेटरबाट होइन । मूल ढोकाबाट, मूल बाटोबाट एमाले सिंहदरबार पस्छ भनेर हामीले भनेका थियौँ । फेरि पस्यौँ । फेरि पनि म भन्न चाहन्छु, नेकपा एमाले यो देशको भविष्य हो । नेकपा एमाले यो देशको राष्ट्रियताको रक्षा गर्ने रक्षक हो । यो देशको विकास गर्ने नायक हो नेकपा एमाले। त्यसकारण नेकपा एमाले त्यसैगरी अगाडि बढ्नेछ ।’

सामाजिक सञ्जालमा एमालेको राजनीतिक भविष्यलाई लिएर भइरहेको टिप्पणीप्रति कटाक्ष गर्दै ओलीले केही समय फेसबुकमा आलोचना गर्दै बस्न आग्रह गरेका छन् । यसअघि सरकारबाट हटाइँदा पनि आफूहरूले संवैधानिक बाटोबाटै पुनः सत्तामा फर्किने उनले बताएका छन् । अध्यक्ष ओलीले अब पनि फेरि एमाले सिंहदरबारको मूल ढोकाबाट प्रवेश गर्ने बताएका छन् ।


प्रकाशित मिति: २ मंसिर २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?