Trending
>>   एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छः केपी ओली >>   जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा >>   मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छुः देउवा >>   आगामी निर्वाचन एमालेका लागि अनुकुल बन्दै गएका छन्ः केपी ओली >>   विश्वप्रकाश शर्माबारे जितजंग बस्नेत–‘तपाईं कुन एनजीओ, आईएनजीओमा हुनुहुन्छ, हामीलाई थाहा छ’ >>   मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा >>   एमालेको स्वर्णिम काललाई बालेन र रविले चुनौती दिन सक्दैनन्ः महेश बस्नेत >>   महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा >>   विश्व मधुमेह दिवसमा निःशुल्क स्वास्थ्य शिविर >>   छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार

जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा


काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा काँग्रेस र नेकपा एमालेका नेता तथा उनीहरूका घरलाई योजनावद्ध रूपमा निशाना बनाइएको आरोप लगाएका छन् ।

शनिवार पार्टीको ललितपुर लिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनका क्रममा आफ्नो घर जलाइएको, कृष्णप्रसाद भट्टराईको आश्रममा आगजनी गरिएको र वीपी कोईरालाको पुख्र्यौली घरसमेत जलाइएको बताएका छन् । आन्दोलनका क्रममा अन्य पार्टीका नेताहरूको घरमा नभई काँग्रेस र एमालेका नेताहरूलाई मात्रै छानीछानी निशाना बनाइएको उनको भनाइ छ । उनले यसलाई षड्यन्त्रको संज्ञा दिएका छन् । देउवाले आफू विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रका लागि संघर्ष गर्दै आएको र साढे आठदेखि नौ वर्षसम्म जेल जीवन बिताएको स्मरण गरेका छन् । वीपी कोईरालालगायत प्रजातन्त्रका लागि संघर्ष गरेका नेताहरूको योगदान स्मरण गर्न आग्रह गर्दै उनले काँग्रेसका लागि पसिना बगाएका नेता तथा कार्यकर्ताका सन्तान अझै पार्टीसँगै रहेको बताएका छन् ।

देउवाले भने, ‘जेन–जी आन्दोलनका क्रममा केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसबेला मेरो घर जलाइयो, कृष्णप्रसाद भट्टराईजीको आश्रम जलाइयो र वीपी कोइरालाको पुख्र्यौली घरसमेत जलाइयो । तर अन्य पार्टीका नेताहरूका घरमा त्यस्तो घटना भएन । एमाले र काँग्रेसका नेताहरूलाई मात्र छानीछानी निशाना बनाइएको देखियो । त्यसैले यो घटनालाई सामान्य रूपमा मात्र लिन मिल्दैन । म विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रका लागि संघर्ष गर्दै आएको व्यक्ति हुँ । पटक–पटक जेल जीवन बिताएको छु । वीपी कोईरालाले प्रजातन्त्रका लागि गरेको संघर्ष र जेल जीवनको इतिहास हामीले बिर्सनु हुँदैन । पार्टीका लागि संघर्ष गरेका, पसिना बगाएका र त्याग गरेका नेता तथा कार्यकर्ताहरूको योगदानको सम्मान हुनुपर्छ । म स्वयं पनि साढे आठदेखि नौ वर्षसम्म जेल जीवन बिताएको व्यक्ति हुँ । मेचीदेखि महाकालीसम्मका नेपाली जनताको माया, विश्वास र सहयोगकै कारण म पाँचपटक प्रधानमन्त्री बन्ने अवसर पाएको हुँ । यो मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, जनताको विश्वास र पार्टीका हजारौँ कार्यकर्ताको त्यागको परिणाम हो ।’

आफू जनताको सहयोग र समर्थनबाट पाँचपटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै देउवाले प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका व्यक्तिहरूको इतिहास बिर्सन नहुने बताएका छन् ।


प्रकाशित मिति: २८ कार्तिक २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?