Trending
>>   जलविद्युत् समूह संगै बैंकिङमा पनि आकर्षण, बढ्दो कारोबारले जगायो आशा >>   साझेदारीमा राम्रो हुन सकेन – पोखराका खेलाडी विपिन खत्री >>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ
Logo
१६ कार्तिक २०८३, सोमबार
१६ कार्तिक २०८३, सोमबार

जलविद्युत् समूह संगै बैंकिङमा पनि आकर्षण, बढ्दो कारोबारले जगायो आशा


काठमाडौं। दसैँ बिदापछि खुलेको सेयर बजारमा गत साता सकारात्मक गति देखिएको छ।साताअघि २,६३४.१७ विन्दुमा रहेको नेप्से साताको अन्तिम कारोबार दिन २,६९०.१५ विन्दुमा पुगेको हो। यस अवधिमा सूचक ५५.९८ अंक अर्थात् २.१३ प्रतिशतले बढेको छ। कारोबार रकममा आएको उल्लेख्य वृद्धिले बजारमा लगानीकर्ताको सहभागिता र खरिद चाप बढेको देखाउँछ।

गत साता कुल कारोबार रकम रु. ३४.३९ अर्ब पुगेको छ, जुन अघिल्लो कारोबार साताको रु. २२.५३ अर्बको तुलनामा करिब ५२.६४ प्रतिशत बढी हो। दैनिक औसत कारोबारसमेत रु. ६.८८ अर्ब पुगेको छ। सूचकसँगै कारोबार रकम बढ्नु बजारप्रतिको चासो विस्तार भएको सकारात्मक संकेत हो।

क्षेत्रगत प्रदर्शनमा जलविद्युत् समूह ३.७८ प्रतिशतले बढेर अगाडि देखिएको छ। अन्य समूह ३.२३ प्रतिशत, विकास बैंक २.६१ प्रतिशत र वाणिज्य बैंक समूह २.३२ प्रतिशतले बढेका छन्। यसको विपरीत, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा समूहमा तुलनात्मक रूपमा कम वृद्धि देखिएको छ।

समग्रमा, गत साताको बजारले दसैँपछिको सकारात्मक सुरुवातसँगै कारोबार विस्तारको संकेत दिएको छ। अबको चुनौती यो गति कायम राख्नु र बढोत्तरीलाई बलियो आधार प्रदान गर्नु हो।


प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?