Trending
>>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता


काठमाडौं। पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमवार स्वदेश फर्किएकी छिन् । वरिष्ठ नेता भण्डारी चीनको हेबोई प्रान्तको स्योङआनमा आयोजना गरिएको ‘ग्लोवल गभर्नेन्स फोरम’मा सहभागि भएर सोमवार स्वदेश फर्किएकी हुन् । अक्टोबर २३ देखि २५ सम्म चलेको फोरमलाई नेता भण्डारी सम्बोधन गरेकी थिइन् । चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए)ले आयोजना गरेको उक्त फोरममा विश्वका विभिन्न देशका राजनीतिक नेता, कुटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी भएका थिए । फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार, साइबर क्षेत्र तथा अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौती र एआईको सुरक्षित प्रयोगलगायत विषयमा भएको थियो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू भ्रमणमा भन्दा पनि सम्मेलनमा सहभागि हुने गएको बताएकी हुन् । उनले भने, ‘सबै कुरा सञ्चारमाध्यममा आइ सकेको नै छ । यो भ्रमण भन्दा पनि जिजिआईको सम्मेलन हो । त्यसमा भाग लिन म गएको हो । अनि त्यहाँ बोलेको कुरा त लिखित वक्तव्य नै जारी भएको छ । चाहिने कुरा त्यतैबाट हेर्न मिल्छ ।’ एमाले वरिष्ठ नेता भएवपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो ।

काठमाडौं। पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमवार स्वदेश फर्किएकी छिन् ।

वरिष्ठ नेता भण्डारी चीनको हेबोई प्रान्तको स्योङआनमा आयोजना गरिएको ‘ग्लोवल गभर्नेन्स फोरम’मा सहभागि भएर सोमवार स्वदेश फर्किएकी हुन् । अक्टोबर २३ देखि २५ सम्म चलेको फोरमलाई नेता भण्डारी सम्बोधन गरेकी थिइन् । चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए)ले आयोजना गरेको उक्त फोरममा विश्वका विभिन्न देशका राजनीतिक नेता, कुटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी भएका थिए । फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार, साइबर क्षेत्र तथा अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौती र एआईको सुरक्षित प्रयोगलगायत विषयमा भएको थियो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू भ्रमणमा भन्दा पनि सम्मेलनमा सहभागि हुने गएको बताएकी हुन् ।

उनले भने, ‘सबै कुरा सञ्चारमाध्यममा आइ सकेको नै छ । यो भ्रमण भन्दा पनि जिजिआईको सम्मेलन हो । त्यसमा भाग लिन म गएको हो । अनि त्यहाँ बोलेको कुरा त लिखित वक्तव्य नै जारी भएको छ । चाहिने कुरा त्यतैबाट हेर्न मिल्छ ।’

एमाले वरिष्ठ नेता भएवपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो ।


प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?