Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रसुवा जिल्लामा आएको विनाशकारी प्राकृतिक विपद्प्रति दुःख व्यक्त गरेका छन् । शनिवार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रसुवा बाढीप्रति दुःख व्यक्त गरेका हुन् । नेता नेपालले रसुवामा गएको बाढीको घटनालाई ‘विनाशको लीला’ संज्ञा दिँदै ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको उल्लेख गरेका छन् । चीन र नेपालको सीमा नाका एवं मानसरोवर र कैलाश पर्वतको प्रवेशद्वारका रूपमा रहेको सो क्षेत्रमा भएको क्षतिले समग्र राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको उनको भनाइ छ । उनले ठूलो संख्यामा मानिसहरूको ज्यान गएको, कैयौँ घाइते भएको र हजारौँको उद्धार गरिएको जानकारी दिँदै सो क्षेत्रका जलविद्युत गृह, विद्यालय र अस्पतालहरूमा भएको भौतिक क्षतिको परिमाण अर्बौं रुपैयाँ बराबर रहेको बताएका छन् । नेता नेपालले विकास निर्माणका ठूला आयोजना र राज्यको लगानीका प्राथमिकताहरू स्पष्ट हुनुपर्नेमा जोड दिएका छन् । देशको आर्थिक र सामाजिक रूपान्तरणका लागि समाजवादको विकल्प नरहेको बताएका छन् । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलजस्ता गौरवका आयोजनाको महत्त्वबारे चर्चा गर्दै बजेटको सदुपयोग र प्राथमिकता निर्धारणमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् । राजनीतिक र वैचारिक सन्दर्भमा बोल्दै नेता नेपालले पुँजीवादले जनतालाई गरिबी, अभाव र बेरोजगारीमा राख्ने दाबी गरेका छन् । उनले सामाजिक न्याय र जनताको सेवाका लागि ‘नेपाली विशेषताको समाजवाद’ नै उत्तम विकल्प भएको जिकिर गरेका छन् । कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको व्यक्तिवादी प्रवृत्ति र नेताको अन्धप्रशंसा गर्ने शैलीको आलोचना गर्दै उनले पार्टी व्यक्ति प्रधान नभई नीति र कमिटी प्रधान हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘कुन ठाउँमा हवाई मैदान बनाउने र कुन पुललाई प्राथमिकता दिने भन्ने कुराको वैज्ञानिक छनोट हुनुपर्छ । कम्युनिष्ट पार्टीभित्र गुटबन्दी र व्यक्तिवाद गलत हो । हामीले नीति र सिद्धान्तको आधारमा संगठनलाई बलियो बनाउनुपर्छ । साना–ठूला चुनौती र हार–जितबाट विचलित नभई आफ्ना कमजोरीहरू सुधारेर अघि बढ्नु आजको आवश्यकता हो ।’ नेता नेपालले चीनको विकासमा अपनाइएका नीतिहरूको उदाहरण दिँदै नेपालले पनि आफ्नै परिवेश अनुकूलको समाजवादी बाटो पक्रिनुपर्ने बताएका छन् । पार्टी एकता र वैचारिक स्पष्टताले मात्र नयाँ नेपालको निर्माण सम्भव हुने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रसुवा जिल्लामा आएको विनाशकारी प्राकृतिक विपद्प्रति दुःख व्यक्त गरेका छन् ।

शनिवार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रसुवा बाढीप्रति दुःख व्यक्त गरेका हुन् । नेता नेपालले रसुवामा गएको बाढीको घटनालाई ‘विनाशको लीला’ संज्ञा दिँदै ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको उल्लेख गरेका छन् । चीन र नेपालको सीमा नाका एवं मानसरोवर र कैलाश पर्वतको प्रवेशद्वारका रूपमा रहेको सो क्षेत्रमा भएको क्षतिले समग्र राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको उनको भनाइ छ । उनले ठूलो संख्यामा मानिसहरूको ज्यान गएको, कैयौँ घाइते भएको र हजारौँको उद्धार गरिएको जानकारी दिँदै सो क्षेत्रका जलविद्युत गृह, विद्यालय र अस्पतालहरूमा भएको भौतिक क्षतिको परिमाण अर्बौं रुपैयाँ बराबर रहेको बताएका छन् ।

नेता नेपालले विकास निर्माणका ठूला आयोजना र राज्यको लगानीका प्राथमिकताहरू स्पष्ट हुनुपर्नेमा जोड दिएका छन् । देशको आर्थिक र सामाजिक रूपान्तरणका लागि समाजवादको विकल्प नरहेको बताएका छन् । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलजस्ता गौरवका आयोजनाको महत्त्वबारे चर्चा गर्दै बजेटको सदुपयोग र प्राथमिकता निर्धारणमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

राजनीतिक र वैचारिक सन्दर्भमा बोल्दै नेता नेपालले पुँजीवादले जनतालाई गरिबी, अभाव र बेरोजगारीमा राख्ने दाबी गरेका छन् । उनले सामाजिक न्याय र जनताको सेवाका लागि ‘नेपाली विशेषताको समाजवाद’ नै उत्तम विकल्प भएको जिकिर गरेका छन् । कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको व्यक्तिवादी प्रवृत्ति र नेताको अन्धप्रशंसा गर्ने शैलीको आलोचना गर्दै उनले पार्टी व्यक्ति प्रधान नभई नीति र कमिटी प्रधान हुनुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘कुन ठाउँमा हवाई मैदान बनाउने र कुन पुललाई प्राथमिकता दिने भन्ने कुराको वैज्ञानिक छनोट हुनुपर्छ । कम्युनिष्ट पार्टीभित्र गुटबन्दी र व्यक्तिवाद गलत हो । हामीले नीति र सिद्धान्तको आधारमा संगठनलाई बलियो बनाउनुपर्छ । साना–ठूला चुनौती र हार–जितबाट विचलित नभई आफ्ना कमजोरीहरू सुधारेर अघि बढ्नु आजको आवश्यकता हो ।’

नेता नेपालले चीनको विकासमा अपनाइएका नीतिहरूको उदाहरण दिँदै नेपालले पनि आफ्नै परिवेश अनुकूलको समाजवादी बाटो पक्रिनुपर्ने बताएका छन् । पार्टी एकता र वैचारिक स्पष्टताले मात्र नयाँ नेपालको निर्माण सम्भव हुने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १३ भाद्र २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?