Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

काँग्रेस अनुशासन समितिले भन्यो– पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुन्छ


काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रिय अनुशासन समितिले पार्टीको विधान र पद्धति विपरित गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको समितिको बैठकका क्रममा संयोजक तारामान गुरुङले पार्टीको मर्यादा र विधि मिच्ने जो कोहीलाई विधानबमोजिम कारबाहीको दायरामा ल्याइने बताएका हुन् । संयोजक गुरुङकाअनुसार गत आम निर्वाचनका क्रममा पार्टीभित्र भएका अनुशासन उल्लंघन र अन्तर्घातका सम्बन्धमा विभिन्न जिल्लाहरूबाट ७ सय ५४ वटा उजुरी प्राप्त भएका छन् । समितिले हाल ती उजुरीहरूको गम्भीरतापूर्वक छानबिन गरिरहेको र धेरैजसो उजुरीहरू किनारा लाग्ने प्रक्रियामा रहेको उनले जानकारी दिएका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक गुरुङले पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया शुरु हुनुअघि नै सबै उजुरीहरूको फैसला गरिसक्ने समितिको लक्ष्य रहेको बताएका छन् । समितिले हालैका केही गतिविधिहरूमाथि पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विशेषगरी, डा. शशांक कोईरालाको संयोजकतामा भएको भनिएको एक भेला र त्यहाँ पूर्वसभापति शेरबहादुर देउवालाई ‘सभापति’को नेमप्लेट राखेर गरिएको स्वागतका विषयमा समितिले प्रश्न उठाएको छ । संयोजक गुरुङले गगन थापा नेतृत्वको कार्यसमिति आधिकारिक रहेको अवस्थामा नक्कली लेटरप्याडको प्रयोग र मर्यादा विपरितका कार्यहरू स्वीकार्य नहुने स्पष्ट पारेका छन् । उनले भने, ‘वडा अधिवेशनभन्दा पहिले नै अनुशासनका सबै विषयहरू टुंगो लगाएर पार्टीलाई शुद्धीकरण गर्ने पक्षमा हामी छौँ । हाम्रो निर्णय आम कार्यकर्ता र जनताले समेत न्यायोचित ठान्ने खालको हुनेछ । निःवर्तमान सभापतिलाई वर्तमान सभापतिकै हैसियतमा नेमप्लेट राखेर प्रश्तुत गरिनु र नक्कली लेटरप्याड प्रयोग गरिनु विधानसम्मत छैन । त्यस्ता भेलामा भएका गतिविधि, नेताहरूले प्रयोग गरेका शब्द र उपस्थितिको पूर्ण अभिलेख हामीले संकलन गरिरहेका छौँ । पार्टी र नेतृत्वको गरिमामा आँच पु¥याउने जो कोहीको पनि छानबिन हुनेछ ।’ अनुशासन समितिले आफूलाई विशेष महाधिवेशन, निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत आधिकारिकता प्राप्त भएको दाबी गर्दै विधानको धारा १७ (२) बमोजिम काम गरिरहेको जनाएको छ । पार्टी हितका लागि गरिने भेला र सम्मेलनमा बन्देज नभए पनि पार्टीकै विरुद्धमा हुने गतिविधिमाथि भने कडा निगरानी राखिने समितिले स्पष्ट पारेको छ ।

काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रिय अनुशासन समितिले पार्टीको विधान र पद्धति विपरित गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको समितिको बैठकका क्रममा संयोजक तारामान गुरुङले पार्टीको मर्यादा र विधि मिच्ने जो कोहीलाई विधानबमोजिम कारबाहीको दायरामा ल्याइने बताएका हुन् । संयोजक गुरुङकाअनुसार गत आम निर्वाचनका क्रममा पार्टीभित्र भएका अनुशासन उल्लंघन र अन्तर्घातका सम्बन्धमा विभिन्न जिल्लाहरूबाट ७ सय ५४ वटा उजुरी प्राप्त भएका छन् । समितिले हाल ती उजुरीहरूको गम्भीरतापूर्वक छानबिन गरिरहेको र धेरैजसो उजुरीहरू किनारा लाग्ने प्रक्रियामा रहेको उनले जानकारी दिएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक गुरुङले पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया शुरु हुनुअघि नै सबै उजुरीहरूको फैसला गरिसक्ने समितिको लक्ष्य रहेको बताएका छन् । समितिले हालैका केही गतिविधिहरूमाथि पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विशेषगरी, डा. शशांक कोईरालाको संयोजकतामा भएको भनिएको एक भेला र त्यहाँ पूर्वसभापति शेरबहादुर देउवालाई ‘सभापति’को नेमप्लेट राखेर गरिएको स्वागतका विषयमा समितिले प्रश्न उठाएको छ । संयोजक गुरुङले गगन थापा नेतृत्वको कार्यसमिति आधिकारिक रहेको अवस्थामा नक्कली लेटरप्याडको प्रयोग र मर्यादा विपरितका कार्यहरू स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

उनले भने, ‘वडा अधिवेशनभन्दा पहिले नै अनुशासनका सबै विषयहरू टुंगो लगाएर पार्टीलाई शुद्धीकरण गर्ने पक्षमा हामी छौँ । हाम्रो निर्णय आम कार्यकर्ता र जनताले समेत न्यायोचित ठान्ने खालको हुनेछ । निःवर्तमान सभापतिलाई वर्तमान सभापतिकै हैसियतमा नेमप्लेट राखेर प्रश्तुत गरिनु र नक्कली लेटरप्याड प्रयोग गरिनु विधानसम्मत छैन । त्यस्ता भेलामा भएका गतिविधि, नेताहरूले प्रयोग गरेका शब्द र उपस्थितिको पूर्ण अभिलेख हामीले संकलन गरिरहेका छौँ । पार्टी र नेतृत्वको गरिमामा आँच पु¥याउने जो कोहीको पनि छानबिन हुनेछ ।’

अनुशासन समितिले आफूलाई विशेष महाधिवेशन, निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत आधिकारिकता प्राप्त भएको दाबी गर्दै विधानको धारा १७ (२) बमोजिम काम गरिरहेको जनाएको छ । पार्टी हितका लागि गरिने भेला र सम्मेलनमा बन्देज नभए पनि पार्टीकै विरुद्धमा हुने गतिविधिमाथि भने कडा निगरानी राखिने समितिले स्पष्ट पारेको छ ।


प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?