Trending
>>   विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग >>   राप्रपा अध्यक्षमा ज्ञानबहादुर शाहीको उम्मेदवारी घोषणा >>   नेपालको समृद्धि आयात बढाएर होइन, स्वदेशी उत्पादन बढाएर सम्भव छः मन्त्री साह >>   प्रधानमन्त्री साहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत >>   प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुग्छौंः रास्वपा >>   स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगद्वारा दलहरूसँग छलफल शुरु >>   जनकपुर–अयोध्या रेल र हवाई सेवा सञ्चालन गर्न प्रधानमन्त्रीलाई निधीको आग्रह >>   प्रधानमन्त्रीको भ्रमणमा मोदीको दिवाभोजदेखि नेपाल–भारत बिजनेस फोरमसम्म >>   प्रधानमन्त्री बालेन्द्र शाह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने >>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

अख्तियारको कार्यशैली र प्रमुख आयुक्तको नैतिकतामाथि सांसद न्यौपानेको प्रश्नः ‘चयनमुखी अभियोजनले न्यायको उपहास भयो’


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैली र प्रमुख आयुक्तको नैतिकतामाथि गम्भीर प्रश्न उठाएका छन् । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद न्यौपानेले आयोगको वार्षिक प्रतिवेदन, अनुसन्धानको सुस्तता र ठूला भ्रष्टाचार प्रकरणमा देखिएको ‘चयनमुखी’ अभियोजनका विषयमा आयोगको ध्यानाकर्षण गराएका छन् । सांसद न्यौपानेले आयोगको ३५ औँ वार्षिक प्रतिवेदनमा पुराना मुद्दाहरूको अनुसन्धान अवधि स्पष्ट नखुलाइएको भन्दै आपत्ति जनाएका छन् । उनले १५ देखि २० वर्ष पुराना मुद्दाहरू कहिलेसम्म टुङ्गिने भन्ने स्पष्ट कार्ययोजना नभएको उल्लेख गरेका छन् । सांसद न्यौपानेले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले गरेको फैसलाको सन्दर्भ जोड्दै आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । विशेष अदालतको फैसलामा उल्लेखित ‘चयनमुखी अभियोजन’ को अंश उद्धृत गर्दै उनले एउटै प्रक्रियामा संलग्नमध्ये कसैलाई मुद्दा चलाउने र मुख्य व्यक्तिलाई जोगाउने कार्यले प्राकृतिक न्यायको सिद्धान्त र समानताको हकको उल्लङ्घन गरेको बताएका छन् । उनले विमान खरिद प्रक्रियाको निर्णय गर्दा सञ्चालक समितिको अध्यक्ष रहेका तत्कालीन सचिव एवं वर्तमान प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रतिवादी नबनाइनुले आयोगको विश्वसनीयतामा आघात पुगेको तर्क गरेका छन् । उनले भने, ‘इटहरीस्थित अख्तियारको कार्यालयमा १३ वर्षदेखि एउटै फाइल अनुसन्धान भइरहेको पाइयो । अनुसन्धानको नाममा दशकौँसम्म फाइल अल्झाएर राख्ने कार्यविधिले सुशासनलाई गिज्याइरहेको छ । यति धेरै गम्भीर प्रश्नहरू उठिसकेपछि त्यही पदमा बसिरहन नैतिकताले दिन्छ कि दिँदैन ?’ संविधानको धारा २३८ (४) (ङ) लाई स्मरण गराउँदै न्यौपानेले संवैधानिक निकायको प्रमुखमा नियुक्ति हुँदा मात्र नभई पदमा बहाल रहँदा पनि ‘उच्च नैतिक चरित्र’ अनिवार्य हुनुपर्ने उल्लेख गरेका छन् । नक्कली भूटानी शरणार्थी प्रकरणमा अभियुक्त सानु भण्डारीले अदालतमा दिएको बयानमा प्रेमकुमार राईको नाम उल्लेख भएको र नेपाल आयल निगमको जग्गा प्रकरणमा समेत उनी जोडिएको प्रसङ्ग उठाउँदै न्यौपानेले प्रश्न गरेका छन् । सांसद न्यौपानेले अख्तियारका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर मुद्दा चलाउन दबाब दिइएको भनी सञ्चारमाध्यममा आएका समाचारहरूबारे समेत स्पष्टीकरण माग गरेका छन् । उनले क्यान्टोन्मेन्ट घोटाला, भूकम्पको समयमा भएको त्रिपाल खरिद प्रकरण र नाकाबन्दीका बेलाको स्यानिटाइजर खरिद जस्ता पुराना मुद्दाहरूको अनुसन्धान अझै टुङ्गो नलाग्नु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन् ।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैली र प्रमुख आयुक्तको नैतिकतामाथि गम्भीर प्रश्न उठाएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद न्यौपानेले आयोगको वार्षिक प्रतिवेदन, अनुसन्धानको सुस्तता र ठूला भ्रष्टाचार प्रकरणमा देखिएको ‘चयनमुखी’ अभियोजनका विषयमा आयोगको ध्यानाकर्षण गराएका छन् । सांसद न्यौपानेले आयोगको ३५ औँ वार्षिक प्रतिवेदनमा पुराना मुद्दाहरूको अनुसन्धान अवधि स्पष्ट नखुलाइएको भन्दै आपत्ति जनाएका छन् । उनले १५ देखि २० वर्ष पुराना मुद्दाहरू कहिलेसम्म टुङ्गिने भन्ने स्पष्ट कार्ययोजना नभएको उल्लेख गरेका छन् । सांसद न्यौपानेले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले गरेको फैसलाको सन्दर्भ जोड्दै आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । विशेष अदालतको फैसलामा उल्लेखित ‘चयनमुखी अभियोजन’ को अंश उद्धृत गर्दै उनले एउटै प्रक्रियामा संलग्नमध्ये कसैलाई मुद्दा चलाउने र मुख्य व्यक्तिलाई जोगाउने कार्यले प्राकृतिक न्यायको सिद्धान्त र समानताको हकको उल्लङ्घन गरेको बताएका छन् । उनले विमान खरिद प्रक्रियाको निर्णय गर्दा सञ्चालक समितिको अध्यक्ष रहेका तत्कालीन सचिव एवं वर्तमान प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रतिवादी नबनाइनुले आयोगको विश्वसनीयतामा आघात पुगेको तर्क गरेका छन् ।

उनले भने, ‘इटहरीस्थित अख्तियारको कार्यालयमा १३ वर्षदेखि एउटै फाइल अनुसन्धान भइरहेको पाइयो । अनुसन्धानको नाममा दशकौँसम्म फाइल अल्झाएर राख्ने कार्यविधिले सुशासनलाई गिज्याइरहेको छ । यति धेरै गम्भीर प्रश्नहरू उठिसकेपछि त्यही पदमा बसिरहन नैतिकताले दिन्छ कि दिँदैन ?’

संविधानको धारा २३८ (४) (ङ) लाई स्मरण गराउँदै न्यौपानेले संवैधानिक निकायको प्रमुखमा नियुक्ति हुँदा मात्र नभई पदमा बहाल रहँदा पनि ‘उच्च नैतिक चरित्र’ अनिवार्य हुनुपर्ने उल्लेख गरेका छन् । नक्कली भूटानी शरणार्थी प्रकरणमा अभियुक्त सानु भण्डारीले अदालतमा दिएको बयानमा प्रेमकुमार राईको नाम उल्लेख भएको र नेपाल आयल निगमको जग्गा प्रकरणमा समेत उनी जोडिएको प्रसङ्ग उठाउँदै न्यौपानेले प्रश्न गरेका छन् ।

सांसद न्यौपानेले अख्तियारका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर मुद्दा चलाउन दबाब दिइएको भनी सञ्चारमाध्यममा आएका समाचारहरूबारे समेत स्पष्टीकरण माग गरेका छन् । उनले क्यान्टोन्मेन्ट घोटाला, भूकम्पको समयमा भएको त्रिपाल खरिद प्रकरण र नाकाबन्दीका बेलाको स्यानिटाइजर खरिद जस्ता पुराना मुद्दाहरूको अनुसन्धान अझै टुङ्गो नलाग्नु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन् ।


प्रकाशित मिति: ४ भाद्र २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?