Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

राजदुत नियुक्तिमा भएको ढिलाइप्रति काँग्रेसको चासो


राजदुत नियुक्तिमा भएको ढिलाइप्रति काँग्रेसको चासो

काठमाडौँ। नेपाली काँग्रेसले राजदूत नियुक्तिमा भएको ढिलाइप्रति काँग्रेसको चासो व्यक्त गरेको छ ।

लामो समयदेखि विभिन्न मुलुकमा राजदूत पद रिक्त रहँदा नेपालको विदेश नीतिमा नकारात्मक प्रभाव परेको काँग्रेसले बताएको हो । हालै सम्पन्न काँग्रेसको केन्द्रिय समितिको बैठकले तत्काल राजदुत नियुक्त गर्न सरकारलाई आग्रह गरेको छ । राजदूत देशको प्रतिनिधित्व गर्ने महत्वपूर्ण संस्था भएकाले लामो समयसम्म पद रिक्त राख्नु उचित नभएको काँग्रेसको निष्कर्ष रहेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । वाणिज्य दूतावास तथा अन्य कुटनीतिक निकायमा आवश्यक जनशक्ति र नेतृत्वको अभावका कारण विदेशमा रहेका नेपालीले पासपोर्ट नवीकरणदेखि मृतकको शव नेपाल ल्याउनेसम्मका सामान्य काममा समेत कठिनाइ भोग्नुपरेको उनले बताएका छन् । विदेशबाट प्राप्त रेमिट्यान्सलाई मात्रै प्राथमिकता नदिई विदेशमा रहेका नेपाली नागरिकको जीवन र समस्याप्रति पनि सरकारले जिम्मेवारी लिनुपर्ने उनको भनाई छ ।

उनले भने, ‘राजदुत तथा अन्य नियुक्तिका सन्दर्भमा धेरै लामो समय सम्म राजदूतहरु खाली छ । देशको विदेश नीतिमा राजदूत भनेको सामान्य विषय होइन देशको प्रतिनिधित्व गर्ने संस्था त्यो राजदूत विहिन हुनु भनेको हाम्रो विदेश नीतिमा अपरिपक्वता र तपाईँको यसमा देखिएको छ । विभिन्न र वाणिज्य दूतावासमा– वाणिज्य दूतावास नभएर प्रवासि नेपालीहरुले आफ्नो पासपोर्ट नवीकरण गर्ने लगायतका धेरै साना भन्दा साना कुराहरुमा दुःख पाइरहेका छन् । र ती निकायको अभावले गर्दा कतिपय ठाउँमा नेपालीहरुले मृत्यु भएको घटनामा दुई महिना सम्म पनि कतिपय घटनामा दुई महिना सम्म पनि नेपाल लास चाहिँ नेपालमा ल्याउन नसक्ने अवस्था छ । सरकारलाई रेमिट्यान्स प्यारो छ तर ती नागरिकको जीवन प्यारो छ, जीवनका प्रति जिम्मेवारी सरकारले देखाएको छैन । दुई महिना सम्म त्यो आफ्नो नागरिकको घरको परिवारको लासहरु घरमा नआउदा खेरि कस्तो खालको भावना आएको होला ? उसले पठाएको पैसा देशलाई चाहिने तर उसको जीवन सरकारलाई नचाहिने खालको सोच बदल्न जरुरी हुन्छ र यसमा उत्तरदायित्व लिनको लागि सरकारले आवश्यक प्रबन्ध पनि गरोस् । यो धेरै यी निकायमा रिक्तता देखिनाले हाम्रो यो धेरै नागरिक दुःख पाएका कुरालाई हामीले ध्यानाकर्षण गराएका छौं । चाँडो भन्दा चाँडो ती नियुक्ति गरिनुपर्दछ ।’

काँग्रेसले विभिन्न सरकारी निकायमा अध्यादेशमार्फत पदाधिकारीलाई अवकाश दिएर नयाँ नियुक्ति गरिएको विषयमा पनि प्रश्न उठाएको छ । पुराना पदाधिकारी हटाएर योग्य व्यक्ति ल्याउने दाबी गरिएपनि हालका नियुक्तिमा सत्तासँग निकट व्यक्तिलाई प्राथमिकता दिएको देखिएको कांग्रेसको आरोप छ । सरकारी नियुक्तिमा पारदर्शिता, निष्पक्षता र योग्यता प्रणाली पूर्ण रूपमा अवलम्बन नभएको भन्दै कांग्रेसले यस विषयलाई गम्भीर चासोको रूपमा लिएको जनाएको छ । कांग्रेसले सरकारलाई नागरिकका दैनिक समस्यादेखि राष्ट्रिय विपद्, सामाजिक सद्भाव, कूटनीतिक प्रतिनिधित्व र सरकारी नियुक्तिसम्मका विषयमा जवाफदेही र जिम्मेवार बन्न आग्रह गरेको छ ।


प्रकाशित मिति: २ भाद्र २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?