Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु बरामद


अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु बरामद

काठमाडौँ। सशस्त्र प्रहरीबल, नेपालले धनुषामा अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु बरामद गरेको छ ।

मंगलवार सशस्त्र प्रहरीको गस्ती टोलीले ट्रकमा लोड गरेर काजु र चिनी बरामद गरेको हो । प्रहरीले ३६ वटा बोरामा रहेको १ हजार ८० किलो काजु र ४ सय २० बोरा नेपाली चिनी समेत बरामद गरेको हो । बरामद गरिएको काजुको मूल्य १० लाख ८० हजार रहेको र बरामद गरिएको नेपाली चिनीको बारेमा समेत अनुसन्धान प्रकृया अगाडि बढाइएको भन्सार कार्यालय जनकपुरधामका प्रमुख मानबहादुर पौडेलले बताएका छन् ।

सशस्त्र प्रहरीले अवैध रुपमा भित्र्याइएइएको चिनी र काजुसहित बा. प्र.०६–००१ख–०३६४ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो । ट्रक सहित नियन्त्रणमा लिइएको सामानको मूल्य ४५ लाख ८० हजार रुपैयाँ कायम गरिएको हो । सामान बरामद गरेर ट्रक चालकलाई समेत नियन्त्रणमा लिइएको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको भन्सार कार्यालय जनकपुरधामले जनाएको छ ।


प्रकाशित मिति: ३० असार २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?