काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।
आज भएको निर्वाचनबाट महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । उनका प्रतिष्पर्धी रामचन्द्र सांघईले ३० मत प्राप्त गरेका छन् ।
त्यसैगरी, महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन् । प्रधानले ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार