Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

दर्ताबिनै सञ्चालन भइरहेका राइड शेयरिङ एपमाथि सरकारको निगरानी


काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले मन्त्रालयअन्तर्गतका सबै कानूनहरुलाई समयानुकूल बनाउने गरी गृहकार्य भइरहेको बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन् । उनले खरिद प्रक्रियालाई समेत सरलीकृत गर्नेगरी काम अघि बढेको बताए । उनले दर्ताविनै सञ्चालन भइरहेका ड्राइभिङ तथा राइड–शेयरिङ एपमाथि सरकारले निगरानी गरिरहेको समेत बताएका छन् । सबै प्रकारका सवारी साधनलाई एपमार्फत व्यवस्थित रुपमा सञ्चालन गर्ने विषयमा समेत अध्ययन भइरहेको मन्त्री तिमिल्सिनाले जानकारी दिए । उनले नेपालको डिजिटल ट्रान्सफर्मेशनलाई तिब्र बनाउन स्टार्टअप कम्पनीहरूको विकास आवश्यक रहेको पनि बताए । उनले डिजिटल अर्थतन्त्र विस्तार र नवप्रवर्तन प्रवद्र्धन सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

उनले भने,‘सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका कानूनहरु धेरै पुरना छन् । ती कानूनहरुलाई समयसापेक्ष कसरी बनाउन सकिन्छ भन्नेबारेमा हामीले काम गरिरहेका छौँ । अर्को कुरा खरिद प्रक्रियालाई कसरी सरलीकृत गर्ने भन्ने विषयमा समेत काम शुरु भइसकेको छ । अर्को ड्राइभिङ एपहरुको कुरा होला । दर्ता नगरिकन त्यस्ता एपहरु सञ्चालन हुन पाउने कुरा भएन । हामीले सबै प्रकारका सवारी साधन एपमार्फत सञ्चालन कसरी गर्न सकिन्छ भन्नेबारेमा पनि काम गरिरहेका छौँ । सरकारले नेपालको डिजिटल ट्रान्सफर्मेशन गर्ने हो भनेदेखि नेपालको स्टार्टअपलाई ग्रो गराउनुपर्छ भन्ने कुरामा दुई मत छैन । हामी त्यसमा पनि काम गर्छौँ । धेरै नागरिक जोडिएको नेपाल टेलिकमसम्बन्धी कामहरु हामीले गरेका छौँ । ती कामहरुको नतिजा पनि देखिा थालेको छ । जस्तै पे एज यू गो डिसएवल गर्न नसक्दाखेरी प्याकेज सकिएपछि पैसा सकिने समस्या समाधान भएको छ । जनतालाई डेलिभरी दिने बाहेक कुरामा सरकारको कुनै इन्ट्रेस्ट छैन ।’

उनले मन्त्रालयमार्फत सञ्चालित परियोजनाहरुको अध्ययन गर्ने कार्य समेत निरन्तर रुपमा भइरहेको बताएका छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?