Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

निजी क्षेत्रलाई आश्वासन र प्रतिवद्धता होइन, काम गर्ने वातावरण चाहिन्छः सांसद दुलाल


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले निजी क्षेत्रलाई केवल आश्वासन र प्रतिवद्धता मात्र नभई काम गर्ने ठोस वातावरण आवश्यक रहेको बताएका छन् ।

निजी क्षेत्रद्वारा आयोजित एक कार्यक्रममा बोल्दै सांसद दुलालले देशको समृद्धिका लागि निजी क्षेत्रको भुमिका महत्वपूर्ण हुने बताएका छन् । उनले आगामी बजेटमा उनीहरूलाई कसरी प्रोत्साहन गर्ने भन्ने विषय केन्द्र भागमा हुनुपर्नेमा जोड दिएका छन् । सांसद दुलालले उद्योगी र व्यवसायीहरूका लागि मुख्य कुरा नीतिगत स्थायित्व भएको उल्लेख गरेका छन् । वातावरण निर्माणको अर्थ स्पष्ट पार्दै उहाँले अर्थतन्त्रको आकार वृद्धि गर्न, उत्पादन बढाउन, करको दायरा विस्तार गर्न र आयातलाई निरुत्साहित गर्न राज्यले केन्द्रमा रहेर सोच्नुपर्ने बताएका छन् । आन्तरिक उत्पादन र स्वदेशी उद्यमीहरूलाई प्रोत्साहन गर्नु नै राज्यको मुख्य दायित्व हुने उनको भनाइ छ । निजी क्षेत्रले भोगिरहेका चुनौतीहरूप्रति आफ्नो सहानुभुति रहेको बताउँदै उहाँले भू–राजनीतिक अवस्थाका कारण सिर्जित अप्ठ्याराहरूबारे आफू जानकार रहेको बताएका छन् ।

उनले भने, ‘अहिले सरकारले नीति तथा कार्यक्रमको ड्राफ्टिङ गर्दैछ । इतिहासमै पहिलो पटक जनताले देश बनाउनका लागि स्पष्ट जनमत दिएका छन् । यो अवसरलाई सदुपयोग गर्दै सरकारले देश निर्माणमा लाग्नुपर्छ । हामीलाई आश्वासन होइन, वातावरण चाहिएको हो । तत्कालै गर्न सकिने सुधारहरू र दीर्घकालीन रूपमा राज्यको प्रतिवद्धता नै आजको आवश्यकता हो । तपाईंहरूका पीडा र चुनौतीहरू हाम्रो पनि साझा बुझाइ हो । उद्योग धन्दा किन फस्टाउन सकेका छैनन् भन्नेकुरामा हामी गम्भीर छौँ ।’

सांसद दुलालले निजी क्षेत्रले उठाएका मागहरू सही रहेको र ती सवालहरूलाई संसदमा प्रभावकारी ढंगले उठाउने प्रतिवद्धता समेत व्यक्त गरे । कानून निर्माण र संशोधनको समयमा निजी क्षेत्रको हितमा आवाज उठाउने र उनीहरूलाई हौसला प्रदान गर्ने उनले बताए । देश निर्माणका लागि निजी क्षेत्रको प्रोत्साहनसँगै सार्वजनिक क्षेत्रको सुदृढीकरण र समग्र क्षेत्रको सबलीकरणबाट मात्रै अगाडि बढ्न सकिने बताएका छन् ।


प्रकाशित मिति: २६ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?