Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’


सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले निर्वाचनपछि संसदमा उपस्थिति न्युन भएपनि प्रभावकारी भुमिका निर्वाह गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

सोमवार नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा उनले पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर संसदमा आफ्नो भुमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले संविधान संशोधनको मुद्दा उठेकोले संसदमा प्रवेश गर्नसक्ने बताए । उनले पार्टीका सांसदहरूलाई राष्ट्रियता, स्वाभिमान र संविधानका मौलिक अधिकारमा कुनै सम्झौता नगर्न आग्रह गरेका छन् । संविधान संशोधनको विषय आफूहरुले पनि उठाएको भएपनि त्यसमा प्रगति हुन नसकेको उनको भनाई छ । उनले संविधान संशोधन जनताको हितलाई केन्द्रमा राखेर हुनुपर्नेमा जोड दिएका छन् । उनले लोकतान्त्रिक आन्दोलनको विरासत बोकेको काँग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षा, कार्यान्वयन र नागरिक अधिकारको सुनिश्चिततामा दृढतापूर्वक उभिने स्पष्ट पारेका छन् । संख्या कम भएपनि वैचारिक बल र ऐतिहासिक जिम्मेवारी काँग्रेसको ठूलो रहेको उनको भनाई छ ।

उनले भने,‘हालै सम्पन्न निर्वाचनपछि संसदको जुन प्रकारको बनोट छ, त्यसमा हाम्रो जुन खालको उपस्थिति छ, त्यसमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पार्टीको तर्फबाट निर्वाचित हुनभएका सदस्यहरुको भुमिका प्रभावकारी रहनेछ, अनुकरणीय रहनेछ । पार्टीको ईतिहास, आर्दश, नेपाल राष्ट्र र नेपाली जनताको हितमा, रक्षामा तपाईहरुको प्रस्तुती, अभिव्यक्तिहरु संसदभित्र राष्ट्रिसभा, प्रतिनिधिसभा, संसदको संयुक्त बैठकमा पनि प्रखर रुपमा प्रश्तुत हुनेछन् । संख्याको हिसावले हामी कम भएपनि नेपालको लोकतान्त्रिक, प्रजातान्त्रिक आन्दोलनको इतिहासको सिंगो धरोहर बोकेर तपाईहरु संसदमा आफ्नो भुमिका निर्वाह गर्दै हुनुहुन्छ । कानून निर्माणको सन्दर्भमा, नेपाली जनताको हक र अधिकारको सन्र्दभमा हामीले वर्षौंको संघर्षबाट निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र त्यो संविधानले उपलब्ध गराएका नेपाली नागरिकका अधिकारको उपयोग र उपभोग गर्ने कुरामा सुनिश्चित गर्ने भुमिकामा तपाईहरु प्रखर रुपमा प्रश्तुत हुनुहुनेछ । ती सबै भुमिका निर्वाह गर्ने क्रममा हामी संसदभन्दा बाहिर रहेकाहरुले पनि सहयोग गर्नेछौँ । संसदमा नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने साथीहरुमा दिगो एकता हुनेछ । पार्टीको आदर्श, सिद्धान्तलाई, जनताको हकहितलाई शिरमा राखेर तपाईहरु प्रतिष्पर्धामा पनि अब्बल हुनुहुनेछ, प्रश्तुतीमा पनि अब्बल हुनुहुनेछ, देश र जनताको पक्षमा कानून निर्माणमा होस्, सार्वजानिक महत्वको प्रश्ताव, छलफल र प्रश्तुतीमा होस् । संविधान संशोधनको विषय पनि प्रवेश गर्ने तयारीमा छ, हुन त हामीले पनि यो भन्दा अगाडीको सरकार निर्माण गर्दा संविधान संशोधनको मूल मुद्दा बनाएर अगाडी लैजाने सहमति गरेका थियौँ, तर त्यो दिशामा हामी अगाडी पुग्न सकेनौँ । अहिले पनि ती कुराहरु अगाडी आउनेछ, त्यसमा हामीले हाम्रो आदर्श, सिद्धान्त, हाम्रो मूल्य मान्यता, हाम्रो देशको राष्ट्रियता, हाम्रो स्वाभिमान र हाम्रो संविधानका मुलभुत अधिकारहरु जो नेपाली जनतालाई सार्वभौम बनाउने र अधिकारसम्पन्न बनाउने विषयमा केन्द्रित छन्, ती मुल विषयमा सम्झौता नगरिकन हामीले आजसम्मको अनुभवको आधारमा संविधान संशोधन प्रक्रिया अगाडी बढ्दा त्यतिवेला काँग्रेसको तर्फबाट संसदको बाहिर र भित्र संयुक्त रुपमा हामी तपाईहरुसंग रहनेछौँ । तपाईहरुले पार्टीको विचार, ईतिहास र आर्दशलाई केन्द्रमा राखेर, राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर आफ्नो सबै भुमिका निर्वाह गर्नुहुनेछ ।’

उनले सांसदहरुलाई जनताको पक्षमा दरिलोसाथ संसदमा प्रश्तुत हुन पनि निर्देशन दिएका छन् । संसदमा चाहिने आवश्यक ज्ञान र सहयोग दिन आफूहरु तयार रहेको पनि उनको भनाई छ । उनले राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका बीचमा एकता कायम राखेर अगाडी बढ्न पनि आग्रह गरेका छन् ।


प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?