Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री साहको पुर्ख्यौली गाउँमा खुशीयाली


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहको पुख्र्यौली गाउँ महोत्तरीको एकडारा गाउँपालिकामा खुशीयाली मनाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहनुभएका साह प्रधानमन्त्रीमा नियुक्त हुनुभएसँगै पुख्र्यौली गाउँमा दीपावली गरेर खुसियाली मनाइएको हो । साह प्रधानमन्त्री भएको अवसरमा स्थानीयले मिठाई बाँड्नुका साथै पटाका फोडेर दीपावली मनाएका छन् । आफ्नै गाउँको तथा मधेसी मुलको छोरो मुलुकको सर्वोच्च कार्यकारी पदमा पुगेपछि स्थानीयहरूमा गर्व र उत्साह दुवै झल्किएको छ । बालेनको परिवारसँग लामो समयदेखि सम्बन्ध रहँदै आएका स्थानीयहरूले उनको स्वभाव सरल, इमान्दार र सहयोगी रहेको बताउँछन् ।

एक स्थानीयले भने ,‘मुलुकमा भ्रष्टाचार र अनियमितता व्याप्त भइरहेको बेला विकास र सुशासनको मोडेल काठमाडौं महानगरको कार्यसम्पादनबाट देखाइसक्नुभएको उहाँ आज प्रधानमन्त्री हुँदा हामी निकै खुसि छौँ । हामी आज यही खुसियालीमा दिपावली मनाइरहेका छौँ ।’

प्रधानमन्त्री साहले शुक्रवार मात्रै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।


प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?