Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो


विभागीय टोली एपिएफ क्लव जारी एन्फा राष्ट्रिय लिगमा आईतवार बराबरीमा रोकिएपछि शीर्ष स्थानका लागि अंक दूरी बढाउने अवसर गुमाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतवार भएको पहिलो खेलमा विभागीय टोली एपिएफ चित्लाङ एफसीसँग गोलरहित बराबरीमा रोकिन पुग्यो । यससँगै एपिएफले १७ वटा क्लवले प्रतिष्पर्धा गरिरहेको लिगमा शिर्ष स्थानका लागि दूरी बढाउने अवसर गुमायो । खेल अवधिभर दुवै तर्पmबाट राम्रा अवसर सिर्जना भए । तर दुवै टोलीले गोल निकाल्न सकेनन् र अंक बाँडेका हुन् । खेलाडीको चोटका कारण एपिएफलाई समस्या प¥यो । सुमन श्रेष्ठ, सन्तोष खत्री र प्रदीप लामाजस्ता खेलाडी चोटका कारण अनुपस्थित थिए । चित्लाङविरुद्ध उनीहरूको अभाव स्पष्ट देखियो । चित्लाङको विदेशी खेलाडीको बलियो रक्षापंक्ति एपिएफले पार गर्न सकेन । तीन विदेशी खेलाडीसहित मैदान प्रवेश गरेको चित्लाङ शिर्ष स्थानको दाबेदार एपिएफविरुद्ध अंक निकाल्न सफल भयो । एपिएफका विश्वास उदास प्लेअर अफ दी म्याच भए । एपिएफले पछिल्ला चार खेलमा तेस्रोपल्ट बराबरीको नतिजा सामना गरेको हो । कान्छो विभागीय टोली एपिएफले लिगको शिर्ष स्थानमा दबदबा बनाइरहेको थियो । तर पछिल्ला खेलमा लगातार अंक बाँडेपछि शीर्ष होडमा अग्रता लिन चुकेको छ । समग्रमा भने एपिएफको चौथो बराबरी हो । ११ खेलबाट २५ अंक जोड्दै एपिएफ गोलअन्तरका आधारमा लिगको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको मच्छिन्द्र क्लब शीर्ष स्थानमा छ । सातौं स्थानको टोलीसँग एपिएफको अन्तर पाँच अंक मात्र छ । त्यसैले एपिएफ सशर्ष स्थानको होडका लागि दबाब बनाउन चुकेको छ । यता, चित्लाङको जारी लिगमा यो पाँचौं बराबरी हो । एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएर राष्ट्रिय लिग खेलको चित्लाङले एक मात्र जित पुछारको टोली नव जनजागृतिविरुद्ध निकालेको थियो । त्यसबाहेक बाँकी ११ खेलमा चित्लाङ जितविहीन छ । १२ खेलबाट चित्लाङ ८ अंक जोड्दै १३औं स्थानमा छ । चित्लाङसँगै सशर्ष डिभिजन टोली नेपाल पुलिस र सातदोबाटो युथ क्लबको पनि समान आठ अंक नै छ । तर, दुवैले दुई खेल कम खेलेका छन् । दिनको अन्तिम खेलमा चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लब त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । जित निकाल्न सकेमा चर्च ब्वाइज लिगको अंकतालिकामा शीर्ष स्थानमा उक्लिनेछ ।

काठमाडौँ । विभागीय टोली एपिएफ क्लव जारी एन्फा राष्ट्रिय लिगमा आईतवार बराबरीमा रोकिएपछि शीर्ष स्थानका लागि अंक दूरी बढाउने अवसर गुमाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतवार भएको पहिलो खेलमा विभागीय टोली एपिएफ चित्लाङ एफसीसँग गोलरहित बराबरीमा रोकिन पुग्यो । यससँगै एपिएफले १७ वटा क्लवले प्रतिष्पर्धा गरिरहेको लिगमा शिर्ष स्थानका लागि दूरी बढाउने अवसर गुमायो । खेल अवधिभर दुवै तर्पmबाट राम्रा अवसर सिर्जना भए । तर दुवै टोलीले गोल निकाल्न सकेनन् र अंक बाँडेका हुन् । खेलाडीको चोटका कारण एपिएफलाई समस्या प¥यो । सुमन श्रेष्ठ, सन्तोष खत्री र प्रदीप लामाजस्ता खेलाडी चोटका कारण अनुपस्थित थिए । चित्लाङविरुद्ध उनीहरूको अभाव स्पष्ट देखियो । चित्लाङको विदेशी खेलाडीको बलियो रक्षापंक्ति एपिएफले पार गर्न सकेन ।

तीन विदेशी खेलाडीसहित मैदान प्रवेश गरेको चित्लाङ शिर्ष स्थानको दाबेदार एपिएफविरुद्ध अंक निकाल्न सफल भयो । एपिएफका विश्वास उदास प्लेअर अफ दी म्याच भए । एपिएफले पछिल्ला चार खेलमा तेस्रोपल्ट बराबरीको नतिजा सामना गरेको हो । कान्छो विभागीय टोली एपिएफले लिगको शिर्ष स्थानमा दबदबा बनाइरहेको थियो । तर पछिल्ला खेलमा लगातार अंक बाँडेपछि शीर्ष होडमा अग्रता लिन चुकेको छ । समग्रमा भने एपिएफको चौथो बराबरी हो । ११ खेलबाट २५ अंक जोड्दै एपिएफ गोलअन्तरका आधारमा लिगको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको मच्छिन्द्र क्लब शीर्ष स्थानमा छ । सातौं स्थानको टोलीसँग एपिएफको अन्तर पाँच अंक मात्र छ । त्यसैले एपिएफ सशर्ष स्थानको होडका लागि दबाब बनाउन चुकेको छ ।

यता, चित्लाङको जारी लिगमा यो पाँचौं बराबरी हो । एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएर राष्ट्रिय लिग खेलको चित्लाङले एक मात्र जित पुछारको टोली नव जनजागृतिविरुद्ध निकालेको थियो । त्यसबाहेक बाँकी ११ खेलमा चित्लाङ जितविहीन छ । १२ खेलबाट चित्लाङ ८ अंक जोड्दै १३औं स्थानमा छ । चित्लाङसँगै सशर्ष डिभिजन टोली नेपाल पुलिस र सातदोबाटो युथ क्लबको पनि समान आठ अंक नै छ । तर, दुवैले दुई खेल कम खेलेका छन् । दिनको अन्तिम खेलमा चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लब त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । जित निकाल्न सकेमा चर्च ब्वाइज लिगको अंकतालिकामा शीर्ष स्थानमा उक्लिनेछ ।


प्रकाशित मिति: १ चैत्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?